गोरखा–  सामान्य चिनजानको व्यक्तिको मोटरसाइकलमा लिफ्ट मागेर गन्तब्यतर्फ जाँदै गर्दा माओवादी केन्द्रकी एक उम्मेदवारमाथि आपत आइलागेको छ । 

माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार सुशीला सिम्खडाले लिप्ट मागेको मोटरसाइकल चालकको साथबाट  पेस्तोल र  ३ राउण्ड गोली भेटिएपछि उनलाई पनि आपत आइलागेको हो । 
गोरखाको आरुघाट गाउँपालिकाबाट भीमसेन गाउँपालिकातर्फ  ७३प ३३८६  मोटरसाइकलमा  सिंखडा जाँदै गर्दा मोटरसाइकल धावामा प्रहरी चेकिङमा परेको थियो । चेकिङ  थाहा पाएसँगै  चालक आफूले बोकेको झोला छाडेर भाग्न सफल भएका थिए । त्यसपछि प्रहरीले झोला खानतलासी गर्दा  ९–एमएम पेस्तोल र ३ थान गोली फेला पारेको हो । सोलगत्तै  सिंखडालाई प्रहरीले नियन्त्रणमा लिएपनि वास्तविकता बुझेर सामान्य सोधपुछपछि छाडेको   माओवादी केन्द्र गोरखाका इन्चार्ज  चूडामणि खड्काले जानकारी दिए । 
जिल्ला प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले फरार भिमसेन ४ का गुणप्रसाद खनाल भएको बताए ।   प्रहरीले फराको खोजीकार्य भइरहेको जनाएको छ । 
 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...