annapurna add

maubadiतत्कालीन नेकपा (माओवादी) ले १० वर्षे जनयुद्वकाे सुरु गर्याे । २०५२ फागुन १ गते घोषणा भएकाे जनयुद्ध २०६३ मङ्सिर ५ गते शान्ति सम्झौतामा पुगेर टुंगियाे । जनयुद्धमा धेरैले सङ्घर्ष गरे, धेरैको बलिदानी भयो, हजारौं मानिस अहिले पनि बेपत्ता छन् । जनद्धको प्रारम्भ गर्दा १९ जना नेता मात्रै तत्कालीन नेकपा (माओवादी)काे केन्द्रीय सदस्य थिए ।

पोलिट्व्यूरो :

१. पुष्पकमल दाहाल ‘प्रचण्ड’ महामन्त्री
२. मोहन वैद्य ‘किरण’
३. डा. बाबुराम भट्टराई ‘लालध्वज’
४. रामबहादुर थापा ‘बादल’,
५. पोष्टबहादुर बोगटी ‘दीवाकर’
६. सीपी गजुरेल ‘गौरव’

केन्द्रीय समिति :

७. हरिबोल गजुरेल ‘शितलकुमार’
८. यानप्रसाद गौतम ‘आलोक’
९. टोपबहादुर रायमाझी ‘अनिल’
१०. देवप्रसाद गुरुङ ‘कान्छाबहादुर’
११. पम्फा भुसाल ‘विद्युत’
१२. दण्डपाणि न्यौपाने ‘दीपेन्द्र’
१३. अग्नि सापकोटा ‘कञ्चन’
१४. फणिन्द्र आचार्य ‘अनल’
१५. लोकेन्द्र विष्ट ‘अभ्यास’
१६. हरिभक्त कंडेल ‘प्रतीक’
१७. मातृका यादव ‘रामसिंह’
१८. दिनेश शर्मा ‘सागर’
१९. नारायण शर्मा ‘कमलप्रसाद’

यी १९ जना केन्द्रीय सदस्यमध्ये प्रचण्ड, बादल, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देव गुरुङ, पम्फा भुसाल, अग्नि सापकोटा, माृतका यादव र नारायण शर्मा नेकपाको महत्वपूर्ण जिम्मेवारीमा छन् ।

त्यसैगरि मोहन वैद्य, डा. बाबुराम भट्टराई, सीपी गजुरेल, लोकेन्द्र विष्ट मुलधारबाट अलग भएर अलग समूह बनाएका छन् । वैद्य, गजुरेलले नेकपा (क्रान्तिकारी–माओवादी) ले गठन गरेका छन्, डा. बाबुराम भट्टराई नयाँ शक्तिका गठन गरेर अहिले समाजबाद पार्टी सँग एकता गरी संयाेजक भएका छन् । लोकेन्द्र विष्ट भने राजनीति छाेडेर अहिले कृषि पेशामा छन् ।

जनयुद्धका केन्द्रीय सदस्यमध्ये सुरेश वाग्लेको २०५६ सालमा हत्या भयो भने दण्डपाणि न्यौपाने बेपत्ता पारिए । प्रखर वक्ता मानिने यानप्रसाद गौतम ‘आलोक’ पनि युद्धकै क्रममा मारिए, जतिबेला उनी पार्टी कार्वाहीमा थिए । त्यसैगरि पोष्टबहादुर बोगटीको शान्ति प्रक्रियामा आएपछि हृदयघातका कारण निधन भयो ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर