annapurna add

dhwaoijsdaoUHSUAxjkanxj

गोरखापत्र दैनिकमा २० साउन ०७७ मा प्राडा. बद्रिविलाश पोखरेलको एउटा लेख छापियो । जसको शीर्षक थियो,- अतुलनीय नेतृत्व । पोखरेलको यो लेख छापिएको समयमा प्रधानमन्त्री ओलीको बेसार बखान उत्कर्षमा थियो । २० साउनमा ओलीको गुणगानमा प्रशस्त शब्द खर्चिएका पोखरेल डेढ महिनापछि ३ असोजमा सुप्रबल जनसेवा श्री तृतीयबाट सम्मानित भए ।

प्रधानमन्त्री ओलीको स्तुति गाएर पदक हात पार्ने पोखरेलजस्तै हुन्, दयालबहादुर शाही । धेरै वर्षदेखि ओलीको गुणगान गाउने मात्र होइन, ओलीको व्यक्तित्वमाथि पुस्तक नै लेखेका बाजुराका शाही नेकपाका जिल्ला तहका नेता पनि हुन् । जो, पूर्वएमाले कालमा भीम रावलविरुद्ध सुदूरपश्चिममा ओली खेमाबाट उभिन्थे । ओलीका खास मान्छे भनेर चिनिने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवाल पनि ठुलै पदकबाट सम्मानित भएका छन् । उनि मदन भण्डारी स्पोर्ट्स एकेडेमीका संस्थापक अध्यक्ष पनि हुन् ।

गतवर्ष शाहीलाई प्रदेश प्रमुख बनाउने प्रयास भएको चर्चा थियो । ३ असोज ०७७ मा प्रकाशित गणतान्त्रिक पदक पाउनेको सूचीमा प्रधानमन्त्री ओली र सरकारको गुणगान गाउनेहरूकै वर्चश्व देखिन्छ । प्रधानमन्त्री ओलीको लगाब रहेको भनिएको यती समूहनिकट दुई व्यक्ति पनि सम्मानित भएका छन् । यती समूहकै लगानी रहेको हिमालय एअरलाइन्सका उपाध्यक्ष विजयबहादुर श्रेष्ठ पनि सम्मानित छन् । प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी सम्मानित भइरहँदा नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा भने बढुवा भएको एक वर्ष नपगेका कारण सम्मानित भएका छैनन् ।

ओलीले यस वर्षमा आफ्नो उपचारमा संलग्न चिकित्सकलाई सुप्रबल जनसेवा श्री तृतीयबाट सम्मानित गरेका छन् । चिकित्सकको दक्षतामाथि प्रश्नभन्दा पनि उपचारमा संग्लन भएकै कारण सम्मानित हुने प्रवृत्तिमा बढ्तोत्तरी ओलीले गराएको देखिन्छ । २१ फागुन ०७६ मा ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न डा. प्रेमराज ज्ञवालीलाई पुरस्कारबापत मानव अंग प्रत्यारोपण् केन्द्रको कार्यकारी निर्देशक बनाएका थिए । ग्राण्डी अस्पतालमा समेत लगानी रहेको आरोप लागेका ज्ञवालीलाई सरकारी अस्पतालको नेतृत्व सुम्पिँदा पनि विवाद भएको हो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार