annapurna add

Mid Western University e1584446006807

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निर्देशक र क्याम्पस प्रमुखले सामूहिक राजीनामा दिएका छन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले आफूहरुमाथि अभद्र व्यवहार गरेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । उपकुलपतिको कार्यालयमा बिहीबार बसेको बैठकमा उपकुलपति सिंहले अभद्र व्यवहार गरेको क्याम्पस प्रमुखहरुको भनाइ छ । मौका परीक्षा दिन पाउनुपर्ने भन्दै विश्वविद्यालयका विद्यार्थी दुई सातादेखि आन्दोलित छन् ।

विद्यार्थीको आन्दोलन दबाउन प्रभावकारी काम नगरेको भन्दै उपकुलपति सिंहले क्याम्पस प्रमुख र निर्देशकमाथि अश्लिल शब्द प्रयोग गरेको उनीहरुको आरोप छ । सामूहिक राजीनामा दिनेहरुमा व्यवस्थापन संकाय र कानुन संकायका निर्देशक, शिक्षा, इन्जिनियरिङ, मानविकी तथा समाजशास्त्र संकाय र व्यवस्थापन संकायका क्याम्पस प्रमुखहरु छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार