1478958692 banner ad format

 
 

बागलुङ । कार्यव्यस्तताले उपस्थित हुन नसकेपछि गृहमन्त्री जनार्दन शर्माले बागलुङको एक कार्यक्रमलाई मोबाइलबाटै सम्बोधन गरेका छन् ।

Minister Janardan Sharma min

                                                                             
बागलुङमा भएको नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, बागलुङ शाखाको प्रथम जिल्ला अधिवेशनमा उनले मोबाइलबाट मन्तव्य राखे ।

शनिबार दिउँसो करिब ५ मिनेट काठमाडौंबाटै अधिवेशनलाई सम्बोधन गरेका मन्त्री शर्माले स्वाधिन अर्थतन्त्रका लागि उद्योग, व्यापारको विकासमा जोड दिए ।

उनले मुलुकको आर्थिक समृद्धिका लागि जल, जमिन, जंगल र जनश्रमलाई अधिकतम् उपयोग गर्नुपर्ने बताए । ‘अर्थतन्त्रलाई सुदृढ र स्वाधिन बनाउनसकेमात्र मुलुक अघि बढ्छ’–गृहमन्त्री शर्माले भने ।

‘मुलुक राजनीतिक परिवर्तन हासिल गर्दै आर्थिक क्रान्तिको बाटोमा अघि बढेको छ’–मन्त्री शर्माले भने–‘राष्ट्रिय पुँजी र स्वाधिन अर्थतन्त्र निर्माणका लागि सबै लाग्नुपर्नेबेला आएको छ ।’

उनले आउँदो १५ वर्षभित्र मुलुक आर्थिक विकासको नयाँ चरणमा पुग्नेसमेत दाबी गरे ।

अधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्ने बागलुङ शाखाका संयोजक रतन मलेपतिले जानकारी दिए ।

अधिवेशनमा जिल्लाका १० ओटै स्थानीय तहबाट २०० भन्दा बढी प्रतिनिधि सहभागी छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood