काठमाडौं। बुधबार समाचार पोर्टलहरुमा बिहीबार देशभर सार्वजनिक विदा भनेर समाचारहरु प्रकाशित भए। क्यानडानेपाल अनलाइनले लेखेको समाचार अरु अनलाइनले पुष्टि नगरी  कपी पेष्ट गर्दै समाचारहरु बनाइरहे। बुधबार बेलुकासम्म विदाबारे सामाचार भाइरल बन्यो।

तर, बिहीबार सरकारले भने विदा दिएकै छैन। गृहमन्त्रालयका एक अधिकारीले बिहीबार सार्वजनिक विदा नदिएको बताए ।

खासमा बिहीबार विदा भएको समाचार भाइरल हुनुको कारण २०७५ मा भएको एक निर्णयले हो। तत्कालीन संस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र गृहमन्त्री रामबहादुर थापाले २०७६ मा थप गरिने विदाबारे एक निर्णय गरेका थिए।

bida1 list news kantipath

सो निर्णयमा उँधौली पर्वका अवसरमा मंसिर २६ गते विदा प्रस्ताव गरिएको थियो। सो प्रस्ताव भने पारित भइनसकेकाले बिहीबार उँधौलीका अवसरमा सार्वजनिक विदा नहुने भएको हो।

सो विषयमा क्यानडा नेपालले केही समयअघि बिहीबार सार्वजनिक बिदा भएको समाचार प्रकाशित गरेको थियो ।

क्यानडानेपालमा यसअघि प्रकाशित भोलि सार्वजनिक बिदा सम्बन्धी समाचारप्रति क्षमायाचना गर्दै सच्याइएको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर