annapurna add

भरतपुर : साउन महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय चितवनमा नौवटा मोटरसाइकल हराएको उजुरी पर्यो । आर्थिक वर्ष ०७६/७७ को वर्षभरिमा प्रहरीमा ७५ वटा मोटरसाइकल हराएको उजुरी परेको सङ्ख्यालाई हेर्ने हो भने हराएका धेरै छन् तर भेट्टाएर मोटरसाइकल धनीले पाएका उदाहरण भने निक्कै कम छन् ।

chori ko mo bikeजिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्य थापा यो तथ्यलाई हेर्दा मोटरसाइकल चोरीका घटना बढेको देखिएको बताउनुहुन्छ । हराएका तुलनामा मोटरसाइकल धनीले पाउने सङ्ख्यामा भने निक्कै कमी भएको उहाँले जानकारी दिनुभयो ।

“मोटरसाइकल हराउने सङ्ख्या बढ्दो छ । हामीले चोरी गर्ने व्यक्तिलाई पनि पक्राउ गरेर कारबाही गरेका छौँ”, उहाँले गोरखापत्रसँग भन्नुभयो, “७५ वटा मोटरसाइकल हराएको अघिल्लो वर्ष हामीले नौ जनालाई चोरीको मोटरसाइकलसहित पक्राउ गरी मुद्दा चलाएका छौँ भने यो साउनमा मात्रै पाँच जना चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् ।

” १३ महिनामा चोरी भएका मोटरसाइकलमध्ये धनीले भने एउटा मात्रैले फेला पारेका छन् । “गएको वर्ष नै हो एउटा स्कुटी धनीले लगेको तर अरू कसैले फेला पारेका छैनन्”, उहाँले भन्नुभयो ।

चितवनमा चोरी भएको मोटरसाइकल बाहिरी जिल्लामा लैजाने र बाहिरबाट चितवन ल्याइने हुँदा सम्बन्धित धनीले फेला नपार्ने गरेको पाइन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक दयाकृष्ण भट्ट चोरीका अधिकांश मोटरसाइकल स्वरूप नै परिवर्तन गरेर चलाउने गरेकाले पत्तो लगाउन नसकिएको बताउनुहुन्छ । “चोरको नेटवर्क हुन्छ, यहाँ हराएको मोटरसाइकल बाहिरी जिल्लामा पुयाइन्छ”, उहाँले भन्नुभयो ।

कतिपय चोरीका मोटरसाइकलमा नक्कली नम्बर राख्ने र नक्कली बिलबुक बनाएर पनि बिक्री गर्ने गरेको पाइएको छ ।

 “कति मान्छेले सस्तोमा मोटरसाइकल पाइयो भनेर किन्छन् तर त्यो मोटरसाइकल चोरीको हो कि हैन भनेर बुझ्न जरुरी छ”, ट्राफिक प्रहरी निरीक्षक भट्टले भन्नुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर