1478958692 banner ad format

 
 

गौशाला । मिथिलाञ्चललगायत तराई मधेशसहित महोत्तरी जिल्लाको विभिन्न मठमन्दिरमा परम्परागतरुपमा मनाइने झुलनोत्सव पर्वको रमझम शुरु भएको छ ।

 Mithila jhulanotsava festival min

साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइने सो झुलनोत्सवको अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालकीमा राखी बाजागाजाका साथ भगवान् रामसिताको मूर्ति राखी भजनकीर्तन गर्दै झुलाघरमा लगिने परम्परा रहेको छ । 

सो पर्व शुरु हुनुभन्दा अगाडि मठमन्दिरबाट लावालस्कर बाजागाजा तथा मंगलगानका साथ भव्य जुलुश निकाली पर्वको शुरुवात गर्ने गरिन्छ । झुलनोत्सव पर्व मिथिलाञ्चल भारतको तिरहुत विहार क्षेत्र जनकपुरको जानकी मन्दिर, मटिहानीको लक्ष्मीनारायण मठलगायत धनुषा, महोत्तरी, सर्लाही, सिरहा, रौतहट, सप्तरी, पर्सा, बारा जिल्लाको विभिन्न मठमन्दिरमा करिब एक महिनासम्म मनाइने धार्मिक परम्परा रहेको छ । 

झुला घरमा रामसिताको मूर्ति राखी धार्मिक गीत र भजनकीर्तनका साथ राति अबेरसम्म झुलामा राखी झुलाउने गरिएको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जगन्ननाथ दास वैष्ण्वले बताउनुभयो । भगवान् रामसिता साउन महिनामा यसैगरी झुला झुलेको सम्झना गर्दै झुलनोत्सव मनाइने गरिन्छ 

सांस्कृतिक परम्पराका रुपमा प्राचीन महोत्तरीको मटिहानीलगायत प्रायः अन्य मठमन्दिरमा झुला उत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । यस अवधिमा झुलाका लागि सिंघासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीता र राधाकृष्णका मूर्ति राखी झुलाउने परम्परा रहेको छ । 

झुला उत्सवको शुरुवात परापूर्वकालदेखि नै भएको मानिन्छ । सन्त खुला चौरमा अथवा कुनै रुखको छहारीमा बास बसे पनि आफ्नो झोलामा श्रद्धासाथ ल्याएका शालीग्रामलाई आसनमा राखी झुलाउने गर्दथे । सम्भवतः यो परम्परा त्यसैबेलादेखि शुरुवात भएको विश्वास पाइन्छ । 

सांस्कृतिक परम्पराका रुपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामलीला लक्ष्मीनारायणलगायतका मूर्ति बाजागाजाका साथ झुलाउने परम्परा रहेको छ । 

झुलाका समयमा गाँउघरका र वरपरका श्रद्धालु जम्मा हुने भजनकीर्तन गर्ने नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन छ ।

प्रकासित मिति

Loading...

 

yummyfood