1478958692 banner ad format

 
 

विराटनगर । अविरल वर्षासँगै आएको बाढीमा परी मोरङमा हालसम्म १८ जनाको मृत्यु भएको छ । 

Morang flood rain


आजसम्ममा १८ जनाको मृत शरीर भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए। उनले आज मात्रै १२ जनाको शव भेटिएको पनि जानकारी दिए । 

उनका अनुसार मृतकमध्ये १४ जनाको पहिचान भइसकेको छ भने बाँकी चार जनाको पहिचान गर्ने काम भइरहेको छ । तीमध्ये बाढीले बगाएर लगेका अवस्थामा चार जनाको शव भारतीय क्षेत्रमा फेला पारिएको हो । 

पछिल्लो तथ्यांकअनुसार बाढीबाट सबैभन्दा बढी मानवीय क्षति भएको जिल्ला मोरङ हो । आइतबारसम्म छ जनाको मृत्यु भएको प्रहरीले बताएको थियो । तर सोमबार मात्रै १२ जनाको शव फेला परेको जनाइएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood