annapurna add

सृष्टीकर्ताको उपमा पाएकी आमा, लाग्छ मेरो लागी उनीजति प्रिय अरु कोहि छैन् । आमाको सम्मानका खातिर दर्जनौ उपमाहरु दिदै पनि आईएको छ । दुई अक्षरले निर्मित आमा शब्दलाई न हामीले हेलामा पार्न सकिन्छ न बिर्सन नै ।

MotherFile Photo

जति तिरस्कार गर्न खोजेपनि मन भित्र कहिँ न कहिँ रहन्छिन् । तर आमाको मर्म बुझ्न त्यति सजिलो भने पक्कै छैन् । जो कोहि मानवलाई पनि ९/९ महिना सम्म कोखमा राखेर जन्म दिन्छिन् । गर्भावस्थाको अप्ठ्यारो समयमा पनि निकै धर्यवान् र सहनशील भएर आफ्नो सन्तानलाई यो धर्तीमा टेकाउछिन् । जति पुरुषलाई बाबु बन्न सजिलो छ त्यो भन्दा धेरै गुणामा आमा बन्न गाह्रो छ । 

त्यहि आमा हो, दुखमा पनि हाँसेर तिमिलाई हँसाउन खोज्ने, त्यहि आमा हो, मेलापात्मा आफुलाई खान दिएको मकै भटमास, चिउरा, रोटी जे भएपनि पटुकीमा पोको पारि तिम्लाई ल्याईदिने, अप्रिय घटना केहि भईहाल्ला की भन्ठानेर आफु ननिदाई तिम्रो हेरचाह गर्नु, तिमि विरामी हुदा औषधिपचारका लागी सर्वश्व बेच्न तयार सम्म हुनु, बाबुले पिट्दा वा गाली गर्दा पनि बाबुको गाली वा पिटाई आफुले खाएर पनि ज्यान दिन सक्ने हुन् आमा । आफु विरामी हुदा समेत तिम्रो सरसफाई, पालनपोषण र रेखदेखमा जागा बस्ने सम्पुर्ण गुण आमामा भेटिन्छन् ।

 विभिन्न व्यक्तिले आमाको परिचय यसरी दिएका छन् ।

१. मेरी आमा नै मेरो शक्ति हुन् । –एलिसिया किज

२. जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन । – अब्राहम लिंकन

३. जब एउटा बच्चा जन्मिन्छ त्यो बच्चाको जन्मको जन्मसँगै आमाले पनि पुर्नजन्म लिन्छिन् । –गिल्र्बट पार्कर

४. मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिनेछु । – नेपोलियन बोनापार्ट

५. रुनको लागि सबैभन्दा सुरक्षित र राम्रो ठाउँ आमाको अंगालो हो । – जोडी पिकल्ट

६. आज मैले जती गरे यी सबैका लागि म मेरी आमा प्रती ऋणी छु । – जर्ज वासिंगटन

७. मेरी आमा जिउदो भगवान (चमत्कार) हुनुहुन्छ । – लियोनार्डो डिकाप्रियो

८. संसारको सबैभन्दा धनी मानिस पनि आफ्नो आमा बिना त गरिब नै हुन्छ । – अज्ञात

९. मैले मेरो जीवनमा देखेकी महिलाहरुमध्ये मेरी आमा सबैभन्दा राम्री महिला हुन् । –जर्ज आशिंटन

१०. मेरो लागि मेरी आमा सर्वगुण सम्पन्न व्यक्ति हुन् । –माइकल ज्याकसन

११. मायाको सुरुवात र अन्त्य मातृत्वबाट नै हुन्छ । –रोबर्ट ब्रोनिङ्ग

१२. बच्चाको पहिलो शिक्षक भनेको उसको आमा हो । –पंग लियुअन

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर