annapurna add

काठमाडौ । नेकपा सांसद गंगा चौधरीले प्रतिनिधिसभामा गत १९ जेठको बैठकमा ‘नेपालको संसदभित्र भारतीय चेलीको दादागिरी’ चलेको भन्ने अभिव्यक्ति दिए पछि सरिता गिरीले त्यसको जवाफ फेरि चौधरीलाई तिमी चीनिया दलाल भनिन् ।

सांसद चौधरीले भनिन् : संसदमा भारतीय चेलीहरुको दादागिरी चल्न थाल्यो

भारतले एकतर्फी सडक खनेकोमा विरोध नगर्ने सांसद गिरी नेपालले नक्सा जारी गर्नेभन्दा आक्रोशित

mp nepal sarita giriरगत उमाल्ने अभिव्यक्ति दिएको भन्दै गिरीले आफ्नो पदको मर्यादाका कारणले मात्रै उनलाई भौतिक आक्रमण नगरेको समेत चेतावनी दिइन् ।

सांसद अमृतादेवी अग्रहरिले पनि चौधरीको भनाइप्रति आपत्ति जनाइन । अग्रहरिले नामै किटेर चौधरीको कडा आलोचना गरिन् ।

संसदमा जो कसैले खुन ठण्डा गरेर आउनुपर्ने र कसैको खुन तातो छ भने बागमतीमा गएर छलाङ मार्नुपर्ने उनको भनाइ थियो ।

‘यहाँ हिन्दी भाषाको कुरा आएको छ । हामीलाई जुन भाषामा बोल्न सहज हुन्छ त्यही भाषा बोल्छौँ । हामीले शपथग्रहण पनि हिन्दी भाषामै लिएको हो भनेर ध्वास दिइन् ।

यसरी एकले अर्कोलाई देशको गरिमामय सदनमा चीनिया दलाल र भारतीय दलाल देख्नु राष्ट्रकै लज्जाको विषय हो।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...