annapurna add

ललितपुर सानेपाकी मुना कार्की र कामदार विजय चौधरी मृत्यु प्रकरणको रहस्य पत्ता लगाउन गरिएको मोबाइलको फरेन्सिक परीक्षणमा कुनै ‘क्लु’ नभेटिएको प्रहरीले जनाएको छ।

dsds 2सानेपास्थित मुनाकै घरमा २४ वर्षीया विजयले नै ४८ वर्षीय मुनाको हत्यापछि आत्महत्या गरेको बताइरहेको प्रहरीले फरेन्सिक रिपोर्टमा विजयले अपराध गर्नुपर्ने कुनै स्पष्ट कारण नदेखिएको बतायो।

मुना र विजय दुवैको मोबाइल फरेन्सिक अध्ययनका लागि पठाइएको थियो।

त्यसको ११ दिनपछि बिहीबार दुवै मोबाइलको रिपोर्ट प्रहरीले बुझेको छ।

तर, प्रहरीले अहिलेसम्म विजयको मोबाइलको रिपोर्ट मात्र विश्लेषण गरेको बताएको छ।

‘विजयले प्रयोग गरेको मोबाइलमा हिंसाको उद्देश्य देखाउने र घटनाप्रति लक्षित कुनै संकेत फेला परेन,’ महानगरीय प्रहरी परिसर जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।

माघ २७ गते पूर्वसचिव अर्जुन कार्कीले सानेपास्थित आफ्नो घरभित्रै पत्नी मुना र कामदार विजयलाई अचेत अवस्थामा फेला पारेका थिए।

भान्सामा रगताम्मे अवस्थामा अचेत भेटिएकी मुनालाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए। मृत भेटिएका विजयको शवमाथि भने चुँडिएको डोरी फेला परेको थियो।

प्रहरीले सिसीटिभी फुटेजमा कामदार विजयले मुनाको हत्या गरेको प्रष्टै देखिएको बताउँदै आएको छ।

फरेन्सिक अध्ययनबाट मोबाइलमा डिलिट गरिएका सामग्री पनि ‘रिकभर’ हुने भएकोले प्रहरीले यसलाई घटनाको रहस्य पत्ता लगाउने प्रमुख अस्त्र मानेको थियो। तर, यसबाट पनि विजयको मनसायबारे स्पष्ट जानकारी फेला नपारेपछि प्रहरी अझै अनुसन्धान तन्काउन बाध्य भएको छ।

कार्की परिवारको छिमेकीसँग पनि प्रहरीले सोधपुछ गरिसकेको छ।

सबैसँग कुरा गर्दा विजयले त्यस्तो घटना घटाउनै नसक्ने जवाफ पाएपछि प्रहरी सीसीटिभी फुटेजमा देखिएको प्रमाणसहित थप अनुसन्धानमा जुटेको हो।

के-के भेटियो विजयको मोबाइलमा ?
विजयले प्रयोग गर्ने मोबाइलमा थुप्रै फोटो फेला परेका छन्। पारिवारिक, अर्जुन कार्कीको छोरासँग रमाएको, कुकुरसँग खेलेको, विभिन्न ठाउँ घुमेको र गाउँ जाँदाखेरी खिचेका फोटाहरु बढी मात्रामा रहेको परिसरका प्रमुख राईले बताए।

‘अश्लील खालका, गम्भीर प्रकृतिका र हिंसा गर्न सघाउ पुर्‍याउने खालका केही पनि सामग्री मोबाइलमा देखिँदैन,’ राईले भने।

मोबाइलबाट डिलिट गरिएका सामग्री ‘रिकभर’ गरेर हेर्दा त्यसमा समेत कुनै शंकास्पद विषय फेला नपरेको बताए।

अर्जुन कार्कीसँगपनि बयान लिइने
श्रीमतीको हत्यापछि किरियामा बसेका अर्जुनसँग प्रहरीले बयान लिँदैछ। घटनालगत्तै किरियामा बसेका कारण उनीसँग सोधपुछ गर्न नपाएको प्रहरीले अर्जुनकै आनीबानी, श्रीमती मुनासँगको सम्बन्ध, घरपरिवारमा उनको व्यवहारबाट घटनाको कारण पत्ता लगाउने प्रयास गर्नेछ।

सधैँ ड्राइभर साथै लिएर जाने अर्जुन घटना भएको माघ २७ को दिन भने आफैँ गाडी हाँकेर पशुपति गएको उनले बताएका थिए।

प्रहरीले अनुसन्धान बढायो
घटना भएको १२ दिन भइसक्दा पनि प्रहरीले उक्त घटना घटाइनुको खास रहस्य अझै पत्ता लगाउन सकेको छैन। 

विजयको साथीसँग बयान लिने तयारी भइरहेको एक प्रहरी अधिकृतले जनाए।

विजयले ड्राइभिङ सिकेका ड्राइभरसँग पनि सोधपुछ गरिने ती अधिकृतले बताए।

फेसबुकले विवरण उपलब्ध गराएन
मुना र विजय दुवैले सामाजिक सञ्जाल फेसबुक प्रयोग गर्ने गरेको देखिएपछि प्रहरीले सिंगापुरस्थित फेसबुकको एशिया क्षेत्रीय कार्यालयसँग उनीहरुको गतिविधि थाहा हुने सामग्री माग गरेपनि अहिलेसम्म कुनै विवरण उपलब्ध नगराएको एसएसपी राईले बताए।

‘हामीले फेसबुकको सिंगापुरस्थित कार्यालयलाई लेटर पठाएका थियौं तर अहिलेसम्म कुनै विवरण दिएको छैन,’ उनले थपे, ‘व्यक्तिगत गोपनीयतामा उनीहरु सचेत छन्, सजिलै पाउन गाह्रो छ।’

घटनालाई रहस्यमा धेरै समय राख्न नदिन अनुसन्धानको धेरैवटा उपाय अबलम्बन गरिएको एसएसपी राईको दाबी छ। उनले फेशबुकको सिंगापुर कार्यालयले विवरण उपलब्ध नगराए अमेरिकास्थित उसको मुख्यालयबाट लिन प्रयास गरिने बताए।

मुना हत्या र विजय आत्महत्या प्रकरणकाे आयो यस्तो पोस्टमार्टम रिपोर्ट

मुना हत्या र विजय आत्महत्या अनुसन्धान : महिला कामदार, ड्राइभर र प्लम्बरसँग लियो प्रहरीले बयान

काठमाडौंमा घरेलु मजदुरबाट हत्या हुने क्रम बढ्दो

मुना हत्या प्रकरण : ६ बर्ष देखि चौधरीलाई पैसा नदिइ काम लगाएको खुलासा

शंभावना, पूर्वसचिव कार्कीकी पत्नी मुनाको बलात्कारपछि हत्या

पूर्वसचिवकी श्रीमतीको हत्या : सीसीटीभीले गर्यो कामदार संलग्नताको खुलासा

पूर्वसचिव कार्कीकी पत्नी मुनाको निधन

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर