annapurna add

सुर्खेत – जिल्ला ट्राफिक कार्यालय सुर्खेतले बिदाको दिन शनिवार विहान मंगलगढी चोकबाट बा२झ ३९७२ नम्बरको सरकारी गाडी नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएको गाडी कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाका नगर प्रमुख जर्सी पाण्डेले प्रयोग गर्दै आइरहेका थिए ।

gadi napa car kantipathnews
गाडी चालक विनोद खड्काले चलाइरहेको बेला प्रहरीले गाडी नियन्त्रणमा लिएको हो । ‘बिदाको दिन सरकारी गाडी चलाउँदा जिल्ला प्रशासन कार्यालयको अनुमतिपत्र अनिवार्य रुपमा चाहिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘उहाँहरूसँग केही पनि कागजात नभएका कारण हामीले नियन्त्रणमा लिएका हौं । भोलि कार्यालय समयमा गाडी छोडिदिन्छौं ।’

जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले सरकारी नम्बर प्लेट भएका जुनसुकै गाडीको प्रयोग बिदाको दिनमा गर्नुपरे जिल्ला प्रशासन कार्यालयको अनुमति आवश्यक पर्ने बताए । ‘चालकले वा अन्य कर्मचारीले कम्तीमा टाढा जाँदा अनुमतिपत्र लिनुपर्थ्यो तर किन लिएनन् थाहा भएन,’ उनले भने, ‘विगतमा नगरपालिकाले अनुमति लिने गरेको थियो ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर