1478958692 banner ad format

 
 
गुल्मी- श्रीमतीको हत्या गरी फरार रहेका मदाने-६ पुर्कोटदह पनाहका दुर्गा बहादुर नेपाली पक्राउ परेका छन् । कात्तिक १५ गते राति मान्छे नबस्ने स्थानीयकाे घरमा उनले श्रीमती सीता नेपालीको हत्या गरेका थिए ।
 
तीन दिनदेखि फरार नेपालीलार्इ नजिकैको धाराचौर जङ्गलबाट प्रहरीले आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दिपक कुमार बस्नेतले तिजमा माइत गएकी श्रीमती लामो समयसम्म घरमा नआएको रिस र मादक पदार्थ सेवन गरेको झोकमा श्रीमतीको हत्या गरेको अभियुक्तले बयान गरेको प्रहरीले जनाएको छ ।
 
नेपालीलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत २५ वर्षभन्दा बढी जेल सजाय हुने प्रहरीले जनाएको छ । उनकाे तीन छोरा र एक छोरी रहेका छन् । श्रीमतीको हत्यापछि बालबालिकाको बिचल्ली भएको स्थानीयले बताएका छन् । उनीहरु अहिले गाउँपालिकाको सहयोगमा छिमेकी ओम बहादुर नेपालीको संरक्षणमा रहेको गाउँपालिकाका प्रमुख दानबहादुर केसीले जानकारी दिए । उनीहरुको जिम्मा कसले लिने भन्ने समस्या रहेकाे छिमेकीले बताए ।

प्रकासित मिति

Loading...

 

yummyfood