1478958692 banner ad format

 
 

काठमाडौँ । प्रेमिकाको हत्यामा संलग्न अभियुक्त दोलखा, वैतेश्वर गाउँपालिका–२ का २४ वर्षीय प्रशान्त तामाङलाई महानगरीय अपराध महाशाखाको प्रहरीले मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

Murder accused arrested min

काठमाडौँ महानगरपालिका–७ गङ्गाहिटीमा कोठा भाडामा लिएर बस्दै आएकी रामेछाप, रस्नालु–८ की २३ वर्षीया सञ्चिता पाख्रिन (तामाङ)को कोठामा बाहिरबाट चाबी लगाएको अवस्थामा शव गत वैशाख ८ गते फेला परेको थियो । 

अभियुक्त प्रशान्त र मृतक सञ्चिताबीच करिब दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको र २०७४ असारमा विवाह गर्ने सल्लाह भएको भए पनि सञ्चिताको पेटमा रहेको बच्चा प्रशान्तले राख्न चाहेको तर सञ्चिताले फालिदिएपछि आपसी विवाद हुँदा प्रशान्तले गत वैशाख ४ गते सलले घाँटी कसेर सञ्चिताको हत्या गरी कोठामा बाहिरबाट ताला लगाई फरार भएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । 

अनुसन्धान पश्चात अभियुक्त प्रशान्तलाई दोलखा प्रहरीको सहयोगमा उक्त महाशाखाको प्रहरीले पक्राउ गरी थप कानुनी कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood