बेनी (म्याग्दी)। आज बिहान ५ बजे सार्वजनिक गरिएको परिणामअनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिकामा नेपाली काँग्रेसका भवबहादुर भण्डारी चार हजार ४३४ मत प्राप्त गरी विजयी भएका छन । 

Myagdi raghuganga Nepali Congress and Annapurna uml elected

भण्डारीका प्रतिस्पर्धी नेकपा एमाले–नेकपा माओवादी (केन्द्र) संयुक्त गठबन्धनका खिमबहादुर शाहीले दुई हजार ७३० मत प्राप्त गरेका रघुगङ्गा गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कुइँकेलले जानकारी दिए । शाही नेकपा (एमाले) का हुन । 

त्यसैगरी, उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै कमला तिलिजाले तीन हजार ८४७ मत प्राप्त गरी विजयी भएकी छिन । उनका प्रतिस्पर्धी एमाले–माओवादी केन्द्रका हरि भण्डारीले दुई हजार ६६२ मत प्राप्त गरे । भण्डारी नेकपा (माओवादी केन्द्र)का हुन् । 

आठवटा वडा रहेको रघुगङ्गा गाउँपालिकाका सातवटा वडामा नेपाली काँग्रेस र एक वडामा माओवादी केन्द्रले विजय हासिल गरेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...