बाबियाचौर  । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ मा नेपाली काँग्रेस र अन्नपूर्ण–३ मा नेकपा (एमाले)का वडा अध्यक्षसहित सबै उम्मेदवार निर्वाचित भएका छन् । 

Myagdi raghuganga Nepali Congress and Annapurna uml elected

रघुगङ्गा–१ बेगमा नेपाली काँग्रेसका बिलबहादुर फगामीले ४१८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेका नरसिङ पुनले २६३ मत प्राप्त गरेका छन् । 

यसैगरी, अन्नपूर्ण गाउँपालिका–३ दानाको वडा अध्यक्षमा नेकपा (एमाले)का नरसिङ पुनले ५०७ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी काँग्रेसका बेलबहादुर पुर्जाले ४४६ मत प्राप्त गरेका छन । 

अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षमा हालसम्म एमालेकी दुर्गादेवी पाईजाले ९९२ मत र नेपाली काँग्रेसकी केशमाया मगरले ७२० मत प्राप्त गरे। 

एक हजार ४२० मत र दुई मतदान केन्द्र रहेको दानामा एक हजार ३१ जनाले मतदान गरेका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर