1478958692 banner ad format

 
 

काठमाडौँ । नागार्जुन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका मोहनबहादुर बस्नेत विजयी भए । 

Nagarjuna municipal Congress won

बस्नेतले छ हजार ९६१ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी गराए । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्णहरि खत्रीले छ हजार ७२६ मत प्राप्त गरे  । 

यसैगरी उपप्रमुखमा एमालेका सुशीला अधिकारीले छ हजार ८७१ मत प्राप्त गरी विजय भएकि छुन  । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कल्याणी खड्काले छ हजार ७९१ मत प्राप्त गरिन । 

वडा नं १० को वडाअध्यक्षमा काँग्रेसका सुन्दरबहादुर केसी विजय भए। नागार्जुनमा २६ हजार २४५ मतदाता रहेकामा २० हजार ८९७ मत खसेको थियो । 

यसैगरी गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार सन्तोष चालिसे निर्वाचित भए । 

आज दिउँसो सम्पन्न मतगणनाअनुसार काँग्रेसका चालिसेले नौ हजार नौ मत ल्याई विजयी भए । उनका प्रतिद्धन्द्धी नेकपा (एमाले)का उम्मेद्वार पुण्यप्रसाद चौलागाइँले सात हजार ५९५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत निर्मला सुवेदीले जानकारी दिए । 

यस्तै उपप्रमुखमा पनि काँग्रेसकै उम्मेद्वार शान्ति नेपाल निर्वाचित भएकि छिन । 

नेपालले आठ हजार ५९८ मत प्राप्त गरी विजयी हुनुभएको हो भने नेकपा (एमाले)की उम्मेद्वार शान्ति श्रेष्ठले आठ हजार ६२ मत प्राप्त गरेकी छिन । 

गोकर्णेश्वरमा कुल २१ हजार ८५९ मत खसेको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood