काठमाडाैँ- हरेक फिल्डका अग्रजहरु र जूनकिरीका शुशुभचिन्तकहरुका भव्य उपस्थितिबिच माननिय सन्चारमन्त्री श्री मोहन बस्नेतज्युको प्रमुख आतिथ्यतामा नाट्यगुरु अशेष मल्ललाइ गुरुदक्षिणास्वरुप नाटक समर्पण गरि सम्मानपत्र र दोसल्ला ओढाएर र नाटकका सम्पुर्ण सहयोगिहरुलाइ कदर पत्र प्रदान गरेर दर्शकहरुको प्रतिकृयासमेत लिँदै सम्पन्न भयो ।

Nani thapa

कार्यक्रममा माननीय मन्त्रीज्युले नाट्यकला मार्फत समाजसेवा गर्दै गुरुलाई सम्मान गर्ने सस्कृतिको थालनी समेत गरेकोमा सर्हाना गर्दै बधाई ज्ञापन गर्नु भएको थियो । त्यसै गरि नाट्यकर्मी अशेष मल्लले र वहाको धर्मपत्नी नाट्यविद डा. सावित्री कक्षपति मल्लले नाटकको खुलेर प्रशंशा गर्दै नानी प्रति सदैव गर्वानुभूति भएको कुरा व्यक्त गर्नु भयो,बरिष्ठ अधिवक्ता तथा बार एसोसिएसनका अध्यक्ष शेर बहादुर केसी, अधिवक्ता बिष्णुमाया भुषाल, नेतृत्रय नबिना लामा, अनिता लामा, रन्जु दर्शना, निर्मल चैतन्य, कुमार नगरकोटि, समन अधिकारी,बाबा बस्नेत लगायतले नाटकको बारेमा बोल्नुभएको थियो।

Nani thapa1

नाटक हेर्न उपस्थित विभिन्न क्षेत्र जस्तै:- कलाकर्मीहरु,साहित्य कर्मीहरु,कानुनविद, समाजसेबी, उधमी/व्यवसायी, शिक्षक,बिधार्थी, सामाजिक अभियन्ताहरु, अधिकारकर्मीहरु र अध्यात्मिक व्यक्तित्वहरु लगायत् युवाहरुको उल्लेख्य सहाभागिता र एकदमै सकारात्मक प्रतिक्रियाहरु प्राप्त भएको थियो ।

Nani thapa 2

महानायाक राजेश हमाल, वरिष्ठ कलाकार लक्ष्मी भुषाल, सांस्कृतिक संस्थानका जीएम राजेश थापा, गायक सिताराम पोखरेल, बिरेन्द्र हमाल,,पुरु लम्साल, लेखक- साहित्यकार- समिक्षकहरु नेत्र एटम, नाट्यकर्मी टंक चौलागाई, बिधान आचार्य, हेम प्रभास,केवल बिनाबी, प्रोल्लास सिन्धुलिय,सिन्धुलियन युनिक,जी.के पोखरेल, यशोधा अधिकारी,अधिबक्ता धर्म रेग्मी, पृथ्बी नाथ राई हरिमाया भेटवाल अध्यात्मिक व्यक्तित्वहरु डा.गोबिन्द टन्डन ,सुभादास साहेब ज्यु र आचार्य नारायण ज्यु लागायतले एकैपटक लेखक,निर्देशक र एकल अभिनयमा एकल प्रस्तुति दिन सक्ने गरि उदाएको उओ नै सम्भवत: पहिलो नाटक हुन सक्छ भनि नाटकको बारेमा खुलेर प्रसंसा गर्नुभयको थियो र सामाजिक जिम्मेवारी सहित नाटक गरेकोमा सह्राना समेत गर्नु भएको थियो।

Nani thapa 3
नानीको अभिनय र समाजसेवी भाव देखेर दर्शकहरुले भाबुक हुदै हरेकजसो शो मा फुल, माला, खादा, दोसल्ला ,भावनात्मक प्रतिक्रियाहरु र न्यानो अंगालोले सम्मान गरिरहदा पुरै हाल स्तब्ध र भावबिव्हल बन्ने गर्थ्यो र नानीले शो पछि खसेको खुशिको आशु बगाउदै त्यो माया र सदभाबलाइ सफलता मानेर पोल्टोमा राखेकी छिन ।

गत शो हरुमा लगभग सबै क्षेत्रका ब्यक्तित्वहरुले हेर्नुभएको र असध्यै सकारात्मक प्रतिकृयाहरु दिनुभएको थियो ।

तस्बिर: Lotus Photography School

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...