1478958692 banner ad format

 
 

ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने उच्च अदालत विराटनगरका अधिकृत नारायण प्याकुरेल विरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दा चलाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरको छुट्टा छुट्टै प्रतिवेदनलाई आधार बनाएर जिल्ला प्रहरी कार्यालय मोरङले प्याकुरेल विरुद्ध मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।

अत्यधिक मादक पदार्थ सेवन गरेर को ३० प ८४१० नम्बरको स्कुटर चलाउँदै आएका प्याकुरेलले विराटनगरको अति नै व्यस्त रहने जलजला चोकमा ड्युटीमा रहेका ट्राफिक प्रहरी जवान पर्शुनारायण सिंहमाथि सोमबार साँझ ७ बजे कुटपिट गरेका थिए। कुटपिट गरेर भाग्न खोज्दा नियन्त्रणमा लिने क्रममा वडा प्रहरी कार्यालय विराटनगरका हवल्दार निर्मल कार्कीमाथि पनि उनले मुक्का प्रहार गरेका थिए।

स्कुटर चलाएर उत्तरबाट जलजला चौकमा आइपुगेका प्याकुरेलले ‘वनवे’ रहेको शनिमन्दिरतर्फ स्कुटर मोड्न खोजेपछि ट्राफिक प्रहरी जवान सिंहले रोक्न खोजेका थिए। त्यही क्रममा बादविवाद गर्दै प्याकुरेलले ड्युटीका प्रहरीमाथि कुटपिट गरेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी सुरेन्द्र सिटौलाले बताए।

ड्युटीका प्रहरीमाथि प्याकुरेल एकोहोरो रुपमा कुटपिटमा उत्रन थालेपछि स्थानीय बासिन्दा आएर छुट्याएका थिए । प्रत्यक्षदर्शीका अनुसार आफूले कुटाई खाइरहँदा ट्राफिक जवान सिंहले भने प्याकुरेलमाथि कुनै पनि दुरव्यवहार गरेनन्।

उनी विरुद्ध मुद्दा नचलाउन र घटनालाई मिलाउनका लागि प्रहरीलाई ठूलो दवाव आएको थियो। दवावको वास्ता नगरिकन प्रहरीले मुद्दा दर्ता गरेर प्याकुरेललाई हिरासतमा राखेको छ।
मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले ड्युटीमा रहेका बेला प्रहरीमाथि कुटपिट गर्ने विरुद्ध मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाइएको जानकारी दिए। ‘आफ्नो ड्युटी गरिरहेका बेला प्रहरीलाई कुटपिट गरिएको छ,’ उनले भने, ‘घटनामा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याइएको छ।’

 

विराटनगर ४ घर भएका ३९ वर्षीय प्याकुरेलको नायव शुब्बा (नाशु) बाट बढुवा भएर अधिकृत भएपछि उच्च अदालतमा पोष्टिङ भएको थियो। नाशु हुँदा उनी जिल्ला अदालत मोरङमा कार्यरत थिए। प्याकुरेललाई मादक पदार्थ सेवन गरेर सवारी चलाएको र ड्युटीमा भएका प्रहरीमाथि दुरव्यवहार गरेको घटनामा २०७३ साल मंसिरमा पनि प्रहरीले पक्राउ गरेको थियो । विभिन्न दवावमा परेको प्रहरीले त्यतिबेला उनलाई विना कारवाही छाडेको थियो। @अन्नपूर्ण पोस्ट

प्रकासित मिति

Loading...

 

yummyfood