1478958692 banner ad format

 
 

नवलपरासी । नारायणी नदीमा आएको बाढीले राष्ट्रिय निकुञ्जबाट बगेर आएका दुईवटा एकसिंगे गैँडा नवलपरासीको सुस्तामा फेला परेका छन् ।

Narayani river

बगेर आएका ती दुबै गैँडा नवलपरासीको सुस्ता गाउंपालिका-५ स्थित चन्द्रगञ्जमा फेला परेको स्थानीयवासीले बताएका छन् ।

ती गैँडा गाउँका वरिपरी घुमीरहेकाले स्थानीयवासी त्रसित बनेका छन् । आफुहरु जोखिममा रहेको तथा गैँडाका कारण घर बाहिर निस्कन नसकेको स्थानीयले बताएका छन् ।

गैँडा गाउँ पस्ने हो कि भन्ने डरले प्रहरी गैँडाको निगरानी गरिरहेको रामनगर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भीमबहादुर चौधरीले बताए ।

यस सम्बन्धमा निकुञ्ज तथा वन कार्यालयलाई जानकारी गराइसकिएको पनि उनले बताए ।

प्रकासित मिति

Loading...

 

yummyfood