1478958692 banner ad format

 
 

चितवन - बाबुको श्रद्धा (वार्षिक पुण्यतिथि) गर्न बिहीबार देवघाट गएका अर्घाखाँचीका दुई दाजुभाइ नारायणी नदीमा बेपत्ता भएका छन् ।

devghat

सन्धिखर्कका ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र उनका भाइ २८ वर्षीय राजकुमार श्रेष्ठ बिहीबार दिउँसो नदीमा डुबेका हुन् । प्रहरीले खोजी जारी राखे पनि शुक्रबार बिहानसम्म भेटिएका छैनन् । उनीहरुसहित चार दाजुभाइ देवघाट पुगेका थिए । धार्मिक मान्यता अनुसार श्रद्धाको काम पूरा गरेपछि शुद्ध हुन नुहाउन नारायणी नदी किनारमा पसेपछि दाजुभाइ नै बेपत्ता भए । पितृलाई खुसीपारी बाँचेकाहरुको जीवन खुसी र सुखी हुने धार्मिक मान्यता रहीआएकाले उनीहरु देवघाट गएका थिए । 

बिहीबार दिउँसो १ बजेतिर नदीमा हराइरहेका दाजुभाइको खोजी भइरहे पनि कतै फेला पर्न नसकेको उद्धारमा खटिएका प्रहरी हवल्दार सुरज गिरीले टेलिफोनमा बताए । 'सशस्त्र र नेपाल प्रहरीले नदीमा खोजीरहेका छौं, अझैसम्म भेटिएनन्', उनले भने ।

चन्द्रमानले सन्धिखर्कमा होटल र लवकुश इम्मोरियम कपडा पसल सञ्चालन गरेका थिए । केही महिनादेखि धरानमा व्यवसाय गर्दै आएका थिए । चन्द्रमान सन्धिखर्कको रेडियो सुर्योदय समाचार प्रमुख अम्बिका श्रेष्ठका पति हुन् । राजकुमारले बुटवलमा लवकुश होटलसहित अन्य व्यवसाय गर्दै आएका थिए । व्यवसायी घरानाका श्रेष्ठ दाजुभाइ बेपत्ता भएपछि सन्धिखर्क बजार सुनसान छ । 

बूढीगण्डकीमा पौडी खेल्ने क्रममा बगेर धादिङका एक बालक बेपत्ता 

बुढीगण्डकीमा डुबेर धादिङ सिद्धलेक–३ का १५ वर्षीय सुजन श्रेष्ठ बेपत्ता भएका छन् । बिहीबार साँझपख बूढीगण्डकीमा पौडी खेल्न गएका श्रेष्ठ बेपत्ता भएका हुन् ।

गोरखा गण्डकी-५, दर्बुङफाँटस्थित सानी आमा अञ्जु पुलामीको घरमा बस्दै आएका श्रेष्ठ बिहीबार साँझपख बूढीगण्डकीमा डुबेर वेपत्ता भएको प्रहरीले जनाएको छ  ।



http://bit.ly/2yV1WUC

प्रकासित मिति

Loading...

 

yummyfood