राष्ट्रिय दलित पत्रकार संघ नेपाल धादिङको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । प्रदेश नं. ३ का सासद माननीय डा. रामकुमार अधिकारीको प्रमुख आतिथ्य र राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा प्रदेश नंं.३ का इन्चार्ज भिमबहादुर घिमिरेको विषेस आतिथ्यमा सम्पन्न भेलाको अध्यक्षता संयोजक हरी विश्वकर्माले गर्नुभएको थियो ।

National Dalit Journalist Hari Vishwakarma

उक्त भेलाले ९ सदस्यीय कार्यसमिति चयन गरेको छ जस अनुसार अध्यक्षमा हरि विश्वकर्मा चयन हुनु भएको छ । उपाध्यक्ष याकराज मगराती, सचिव शुसिला विश्वकर्मा, सह-सचिव रोसनी नेपाली, कोषाध्यक्ष अनिल कुमार नेपाली, लगायत ९ कार्य समिति चयन गरेको छ ।

समाज परिवर्तन गर्न दलित समुदायहरुको अहम भूमिका रहेको प्रदेश ३ का सांसद डा. रामकुमार अधिकारीले बताउनु भयो । धादिङका दलितहरु एक ठाउँमा उभिन सके मात्र दलितहरुको समस्या समाधान हुने कार्यक्रममा सहभागिहरुले बताएका छन् ।

राज्यले दलितहरुको लागि प्रदान गरेको सेवा सुविधा लिन दलित समुदायहरु एक जुट हुन अति आवश्यक रहेको नेकपाका प्रदेश सचिवालय सदस्य रामबहादुर भण्डारीले बताउनु भयो । जनताको सूचना लिने दिने सवालहरुमा धादिङका दलितहरु सक्रिय रुपमा अगाडि बढिरहेको भण्डारीको भनाई रहेको छ ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश नं ३ धादिङका जिल्ला अध्यक्ष हरी विश्वकर्माको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश सांसद डा. रामकुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, नेकपाका प्रदेश सचिवालय सदस्य रामबहादुर भण्डारी र राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश नं ३ का इन्चार्ज भीम घिमिरे बिश्वकर्माको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश नं ३ का सचिव बसन्त परियार, नेपाली काङग्रेसका जिल्ला सचिव हरीराम बुर्लाकोटी, नेकपाका नेता दिपक विश्वकर्मा, समाजबादी पार्टीका प्रतिनिधि नन्द्र प्रसाद काप्री लगायतको विषेस आतिथ्यमा रहेको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...