annapurna add

काठमाडाैँ - राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम प्रदेश २ काे भेला यही माघ ११ गते  शनिवार जनकपुधाम (धनुषा)मा हुने भएकाे छ । प्रथम भेलाको सम्पूर्ण तयारी पूरा भएको प्रदेश भेला व्यवस्थापन समितिले जनाएको छ ।

National Dalit Journalists Association Dhanushaप्रथम ऐतिहासिक भेलाको प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भेलामा प्रदेश २ का ८ वटै जिल्लामा क्रियाशिल करिव १ सय भन्दा बढी दलित समुदायका पत्रकारहरुको सहभागिता हुने आयोजकले जनाएकाे छ ।

उद्घाटन सत्र अघि दलित समुदायका पत्रकार तथा अधिकारकर्मी एंव सांसद र जनप्रतिनिधिहरुको समेत सहभागितामा विहान ११ जनकपुरधाम(धनुषा)मा कार्यक्रम हुने भएकाे संघका केन्द्रीय उपाध्यक्षमा गोपाल बराइलीले कान्तिपथ डटकमलाई जानकारी दिए । 

संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले देशैभर प्रदेश र जिल्ला शाखा विस्तारमा रहेको संघले भेदभावविरुद्ध सशक्त रुपमा उत्रने गरि आफ्नो अभियानलाई अघि बढाइएको जानकारी दिए ।

धनुषाकाे नेपाल बार एसोसिएशनकाे भवनमा भेला हुने संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले कान्तिपथ डटकमलाई जानकारी दिए ।

National Dalit Journalists Dhanusha

उक्त भेलामा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव लगाय नेपाल पत्रकार महासंघ, सहित पत्रकार सम्बद्ध संघसंस्था, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र दलित अधिकारकर्मी समेत सहभागी हुने छन् ।

उद्घाटन सत्रपछि बन्दसत्रमा नयाँ नेतृत्व र दलित समुदायका पत्रकारहरुको भूमिकाका बारेमा छलफल हुने छ । भेला प्रदेशको नेतृत्व चयन गरि यही माघ ११ गते  शनिवार नै सकिने जनाइएको छ ।

विसं २०७६ जेठ १८ गते संघकाे स्थापना भएको हाे । संघले अहिले सम्म ३० जिल्ला भन्दा बढी कार्यसमिति गठन गरिसकेकाे छ ।

दलित पत्रकार संघमा देशभर क्रियाशील करीब १ हजार २०० दलित समुदायका पत्रकारको छाता सङ्गठन रहेकाे छ ।

दलित आन्दोलन र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुयाउने तीन दलित नेताको नाममा पत्रकारिता पुरस्कारकाे समेत स्थापना पनि गरेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर