annapurna add

खोटाङ । राष्ट्रिय दलित पत्रकार संघ खोटाङमा सबिना परियारको अध्यक्षतामा ९ सदस्यीय खोटाङ जिल्ला कार्यसमिती गठन गरिएकाे छ  ।

National Dalit Journalists Association Khotangसंघको उपाध्यक्षमा बिष्णु उपरकोटी, सचिबमा राजन ठटाल, सहसचिवमा प्रमिला परियार र कोषाध्यक्षमा हर्क गदाल रहेका छन् ।

यसगरी सदस्यहरूमा शर्मिला बिक, सन्तोष बिक, पवन परियार र शंकर रपाल रहेका छन् ।

संघको सल्लाहकारहरूमा राजकुमार रम्तेल, पर्शुराम बिक र राजु मुग्राती रहेका छन् ।

कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइलीको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला समन्वय समिति खोटाङका सदस्य चर्चबहादुर बिक, दलित जनअधिकार मन्चका अध्यक्ष शान्ति गजमेर, संरक्षक हुकुम नेपाली, राष्ट्रिय दलित पत्रकार संघका १ नम्बर प्रदेश उपाध्यक्ष गङ्गाबहादुर बिक, खोटाङ यातायात ब्यबसाय संघका महासचिव राजकुमार हिङमाङ, साकेला गाउँपालिका कार्यपालिका सदस्य मिलन चहार लगायतले अधिकार प्राप्तिका लागि दलित समुदायको एकता अनिवार्य रहेको बताएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल हाल संगठन बिस्तारको अभियानमा रहेको छ ।

हालसम्म ४८ जिल्ला समिति, काठमाडौं उपत्यकासहित ८ प्रदेश समिति निर्माण कार्य सम्पन्न भएको छ ।

त्यस्तै १०३३ जना संघमा आवद्ध भैसकेका छन् भने देशभर १ हजार ३ सय दलित समुदायका पत्रकार एवं सञ्चारकर्मीहरू क्रियाशील रहेका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर