annapurna add

लम्जुङ(बेसीशहर), ५ माघ । “लोकतन्त्रको मूल आधार, समान सहभागिता र विभेदमुक्त समाज, अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारिता हाम्रो आवाज“ भन्ने मुल नाराका साथ राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला समिति लम्जुङ गठन भएको छ । लम्जुङको बेसीशहरमा भएको दलित पत्रकारहरुको भेलाले उक्त समिति गठन गरेको हो ।

National Dalit Journalists Association Lamjungराष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय महासचिव लक्ष्मण दर्नालको विशेष उपस्थितिमा भएको भेलाले राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला समिति लमजुङको अध्यक्षमा सरोज विश्वकर्मा (रेडियो मर्स्याङ्दी), उपाध्यक्षमा सीताराम बसेल (रेडियो चौतारी), सचिवमा श्यामशित्तल परियार (रेडियो भोटेओडार), कोषाध्यक्षमा प्रतिमा सिन्च्यौरी (रेडियो लमजुङ), सहसचिवमा मनोज सिन्च्यौरी (रेडियो चौतारी) साथै सदस्यहरूमा सुरेन्द्र परियार (लमजुङ टेलिभिजन), मीनराज परियार (लमजुङ दर्पण), सोविता विश्वकर्मा (रेडियो चौतारी) र शिला सिन्च्यौरी (रेडियो चौतारी) सर्वसम्मत चयन भएका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर