1478958692 banner ad format

 
 

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कछुवानी पोस्टनजिकै दलदलमा फसेर आइतबार एउटा गैंडा मरेको छ ।

National Park chitwan

दलदलमा फसेर अड्किएको अर्धवयस्क पोथी गैंडा आइतबार बिहान मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।

शनिबार दलदलमा फसेको भेटिएपछि गैंडालाई हात्तीको सहायतामा निकालिएको थियो । दलदलमा अड्किएर शिथिल भइसकेका कारण गैंडालाई जोगाउन नसकिएको पाठकले बताए ।

साउन अन्तिम साता आएको बाढी पसेर दलदल बनेको स्थानमा गैंडा फसेको निकुञ्जले जनाएको छ ।

यही साउन २४ गते पनि चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत् इचर्नी पोस्टनजिकै दुईओटा भाले गैंडा जुध्दा लडेर एउटा गैंडा मरेको थियो ।

गएको आवमा विभिन्न कारणले २५ ओटा गैंडा मरेको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । 

प्रकासित मिति

Loading...

 

yummyfood