1478958692 banner ad format

 
 

विराटनगर। मोरङको धनपालथान गाउँपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । 

. काँग्रेसका अध्यक्ष पदका उम्मेदवार हरिलाल सिंह पाँच हजार १८७ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत टोलराज उपाध्यायले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मुसहरु मण्डलले चार हजार ८२५ मत प्राप्त गरे। 

त्यस्तै उपाध्यक्षमा काँग्रेसकी नसिमा बानो चार हजार ६३५ मत प्राप्त गरी विजयी भइन  । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उपासी राजवंशीले चार हजार ४२१ मत प्राप्त गरिन । 

उक्त गाउँपालिकामा १७ हजार ३२६ मत खसेकामा १५ हजार ३०८ मत सदर भएको थियो । अध्यक्ष पदमा दुई हजार १८ मत बदर भएको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood