ncell taxnews kantipathnewsकाठमाडौं । सामाजिक अभियानका अभियन्ता भनेर चिनिने ज्ञानेन्द्र शाहीले चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक भ्रमण भैरहदा नेपाल सरकारलाई व्यंग्यात्मक तरिकाले आफ्नो फेसबुक स्टाटस मार्फत सुझाब दिएका छन् ।

उनले भनेका छन् ‘पाहुना सङ भिख नमागौ 56अर्ब भिख लिनुभन्दा एन सी एल को 152 अर्ब कर उठाउ हामी भिखारीको सन्तान होइन पौरखी वीर नेपालीको सन्तान हो !!’

याे पनि पढ्नुहाेस् : नेपाल र चिनियाँ राष्ट्रपतिको हावादारी गफ मात्रै, यस्तो छ सम्झौता ?

xi bhandari kantipathnewsकाठमाडौं : चिनियाँ राष्ट्रपतिको २३ बर्षपछिको राजकीय नेपाल भ्रमणको बेला चीनले काठमाडौं केरुङ सुरुङ मार्ग बनाई दिने भन्ने कुरा हावादारी गफ साबित भएको छ । सी नेपाल आउनु अघि र उनी काठमाडौं अवतरण भईसकेपछि नेपालका कुटनीतिज्ञहरु र सत्तारुढ पार्टीका केही नेताहरुले चीनले काठमाडौं केरुङ सुरुङ मार्ग निर्माण बिषयमा सहमति हुने बताएका थिए तर नेपाल र चीनको बीचमा भएको २० बुँदे सम्झौतापत्रमा भने काठमाडौं केरुङ सुरुङ मार्गले स्थान नै पाएको छैन ।

तर सो बँदामा सुरुङमार्ग निर्माण बारे भनिएको भएपनि कुनै ठोस कुरा उल्लेख नै गरिएको छैन । सुरुङमार्ग त नेपालमा थुप्रै ठाउँमा प्रस्तावित गरिएका छन् जस्तै तीनकुने जडिबुटी सुरुङ, काठमाडौं केरुङ इत्यादी । त्यस्तै नेपाल र चीन बीच भएको २० बुँदे सम्झौताको बुँदा नम्बर ७ ले ओली सरकारले भन्ने गरेको चिनियाँ रेल नेपाल ल्याउने भन्ने कुरा भनि हात्ती आयो हात्ती आयो फुस्स भनेजस्तै रेलमार्ग निर्माणको सम्भाचव्यता अध्ययनमै सीमित हुने देखिएको छ । किनभने यो अघि चीनले नेपालमा आफ्नो रेल पुग्न निक्कै कठिन भएको बताएको थियो । त्यस्तै नेपालको राजधानी र प्रदेश ५ को राजधानीलाई भगिनी सम्बन्ध बनाउने भन्ने सम्झौताको बुँदा नम्बर ८ मा उल्लेख छ, जुन भावनात्मक कुरा मात्रै हो ।
यस्तो छ सम्झौतापत्र हेर्नुस् ।

१. सीमा व्यवस्थापन प्रणालीबारे नेपाल र चीनको सम्झौता।

२. सरकारी तहमा क्षमता अभिवृद्धिका लागि दुई देशबीच समझदारी पत्र।

३. अपराध मामिलामा आपसी कानूनी साहायतासम्बन्धी नेपाल र चीनबीचको सन्धि।

४. सगरमाथा संरक्षण सहकार्यसम्बन्धी समझदारी पत्र।

५. नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच क्षमता अभिवृद्धिका लागि लगानी र सहकार्यसम्बन्धी प्रमुख आयोजना प्रवद्र्धन गर्ने समझदारी।

६. चीनको छेङ्दुमा नेपालको ‘कन्सुलेट जेनरल’ राख्नेसम्बन्धी पत्र आदान–प्रदान।

७. चीन–नेपाल सीमापार रेल वे को सम्भाव्यता अध्ययनका लागि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी पत्र।

८. काठमाडौं महानगरपालिका र चीनको नानजिङबीच भगीनी सम्बन्ध स्थापना गर्ने सम्झौता।

९. बुटवल उपमहानगरपालिकाबीच र चीनको सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता।

१०. परम्परागत उपचारमा सहकार्यसम्बन्धी समझदारी पत्र।

११. प्रकोप जोखिम व्यवस्थापन र ‘इमरजेन्सी रेस्पोन्स’ सम्बन्धी गृह मन्त्रालयहरूबीच समझदारी पत्र।

१२. दुई देशका महान्यायाधीवक्ता कार्यालयबीच सहकार्यसम्बन्धी समझदारी पत्र।

१३. त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस संस्थान स्थापना गर्नेसम्बन्धी सम्झौता।

१४. व्यापारसम्बन्धी संयुक्त कार्यदल स्थापना गर्नेबारे दुई देशका वाणिज्य मन्त्रालयबीच समझदारी पत्र।

१५. नेपालबाट चीनमा साइट्रस फलहरूको निर्यातका लागि ‘फाइटोस्यानेटरी रिक्वायर्समेन्ट’ प्रोटोकल।

१६. नेपालमा ‘चाइना–एड अर्थक्वेक मोनिटरिङ नेटवर्क प्रोजेक्ट’ लाई प्रमाणपत्र प्रदान।

१७. लगानी सहकार्य कार्यदल गठनसम्बन्धी दुई देशका अर्थ मन्त्रालयबीच समझदारी पत्र।

१८. सुरुङ निर्माण सहकार्यबारे नेपालको अर्थमन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास सहकार्य एजेन्सीबीच समझदारी पत्र।

१९. सीमा सुरक्षा सामग्री र कार्यालय सामग्रीका लागि ‘एक्सचेन्ज अफ् लेटर’।

२०. काठमाडौं उपत्यकामा चीन सहायताको पानी वितरण सुधार परियोजनाबारे सम्भाव्यता अनुसन्धान बैठकको निर्णय।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...