Hidden
हालसम्मकै विशाल प्रदर्शन गर्दै नेकपा
नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा भंग गर्ने सरकारको निर्णयविरुद्ध आगामी माघ २८ गते विशाल जनप्रदर्शन गर्ने भएको छ । सो पार्टीको केन्द्रीय संघर्ष समिति सचिवालयको बिहिबार बसेको बैठकले आगामी माघ २८ गते काठमाडौंमा आयोजना गरिएको जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउने कार्ययोजनासहितको निर्णय गरेको छ ।
बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा हुँदै गएको ठहर गर्दै आन्दोलनलाई अझ उचाइमा पुर्याउनुपर्नेमा जोड दिएको छ ।
अध्यक्षद्धयले आफूहरूसँग केन्द्रीय कमिटीको दुई तिहाई रहेको र निर्वाचन आयोगले पनि त्यही उल्लेख गरेकाले यसमा कुनै दुविधा नरहेको पनि बताएका छन् ।
सम्बोधनका क्रममा अध्यक्षद्वयले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनैपनि तानाशाही कदमको सशक्त प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन दिएको अनेरास्ववियूका सहसंयोजक रंजित तामाङ्गले बताए ।
प्रकासित मिति