annapurna add

sachiwalaya WqtsuZNtoT XZkmkJ65g6

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सांगठनिक एकीकरणका बाँकी कामलाई पूरा गर्नका लागि १० दिनभित्र कार्ययोजना बनाउन अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका साथै महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ ।

बैठकले संवैधानिक आयोगमा रिक्त रहेका पदपूर्तिका साथै राजनीतिक नियुक्ति पनि छिटो गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । बाँकी रहेका विविध एजेन्डामा २–३ भित्र बैठक बसेर छलफल र निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए । तर, कुन पदमा कसलाई पठाउने भन्ने विषयमा भने बैठकमा छलफल नभएको पनि उनले बताएका छन् ।

नेकपाको निर्णयसँगै संवैधानिक निकायमा खाली करिब ४० पदमा नियुक्ति प्रक्रिया अघि बढ्ने बताइएको छ । यसअघि प्रधानमन्त्री र विपक्षी दलका नेताबीच संवैधानिक परिषद्को बैठक राखेर संवैधानिक निकायमा पदपूर्ति गर्ने सहमति भएको थियो । तर, नेकपाको आन्तरिक विवाद र विपक्षीलेसमेत भाग खोजेपछि संवैधानिक निकायमा पदपूर्ति ढिलाई भएको छ ।

बैठकले यसअघि नै नेताहरुसँगको परामर्शमा मन्त्रिपरिषद् पुनगर्ठनको जिम्मा प्रधानमन्त्री ओलीलाई दिएको छ । यसैका आधारमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल मन्त्रिपरिषद् पुनगर्ठनको तयारीमा समेत जुटेका छन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार