tealaya add

cpn flag 300x216

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले यही असार २२ गते नेपाल बन्द आयोजना गरेको भन्दै बिभिन्न अनलाईन मिडियाहरूले समाचार पोष्ट गरेका छन् । यस्तो गलत समाचार को भ्रममा नरहन आग्रह गर्दै सरकारले देशैभरी बाट आफ्ना नेता तथा कार्यकर्ता लाई गिरफ्तार गर्ने , आतंककित पार्ने , सर्च अप्रेशन गरेर राजनीतिक गतीविधी माथी बन्देज लगाउने जस्ता दमन प्रक्रिया नरोके आफ्नो पार्टी बाध्य भयर संघर्ष मा उत्रने बताएका छन् ।

नेकपाले भनेको छ, ‘२२ गते पार्टीले कुनै बन्दको कार्यक्रम आयोजना गरेको छैन तर विभिन्न सञ्चारमाध्यममा बिनातथ्य बन्द भन्दै प्रचारप्रसार गरिएको पाइयो, यो गलत हो ।’

नेकपाका केन्द्रीय कार्यालय सचिव ध्रुवले २२ गते आफूहरूको बन्दको कार्यक्रम नभएको बताए । उनले देशभर प्रहरीले बिनाकारण चलाएको धरपकड र गिरफ्तारीप्रति आफूहरू गम्भीर रहेको बताए ।

उनले पूर्वका विभिन्न जिल्लाका गाउँमागाउँमा प्रहरीले अप्रेसन चलाएर स्थानीय बासिन्दालाई आतङ्कित पार्ने काम गरेको भन्दै उक्त हर्कत तत्काल बन्द गर्न मागसमेत गरेका छन् ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...