सुजन ढकाल, हेटाैडा। हेटौँडा र थाहानगरमा ट्रकमा आगजानी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आव्हान गरेका बन्दले मकवानपुरको जनजीवन बिहानैबाट प्रभावित भएको छ । विप्लपका कार्यक्रर्ताले हेटौंडा १ चौकिटोलमा र थाहा १ खानीगाउमा ट्रकमा आगजनी गरेको छ ।

kantipathnews truck in fire

त्रिभुवन राजपथ अन्तरगत हेटौंडाको चौकिटोलमा प्रहरी चौकि नजीकै ना ७ ख ९४९३ नम्बरको रोकि राखेको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताए । त्यसैगरी थाहा-१ खानीखोलामा हेटौँडा तर्फ आउदैगरेको ना ६ ख नम्बरको खाली ट्रकमा विप्लपका कार्यक्रर्ताले आगजनी गरेको प्रहरी नायब उपरिक्षक भटराईले बताए । आगजनीबाट दुवै ट्रकमा क्षेती पुगेको प्रहरी नायब उपरिक्षक भटराईले बताए ।

यसैगरी बन्दको पूर्ब सन्ध्यामा आज बिहान १ बजेको समयमा हेटौंडाको बुद्धचोक नजिक प्रेसरकुकर बम राखिएको थियो । उक्त बमलाई सेनाको टोलीले डिस्पोज गरेको छ । यसैगरी हेटौँडा ९ मा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्था नजिकै शंकास्पद वस्तु लेखिएको वस्तु भेटिएको छ । तर त्यो बम हो या अरु केही न हो त्यसको एकिन हुन नसकेको स्थानीयको भनाइ रहेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर