1478958692 banner ad format

 
 

काठमाडौं – नेपाल बैंक लिमिटेडको १५ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा ११ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले भदौ २ गते ११ जनालाई पक्राउ गरेको हो । 

Arrest

पक्राउ परेका ११ जनाले नेपाल बैंक लिमिटेडको धरान शाखामा सुन कर्जा लिने दिने गरी कर्मचारी कै मिलेमतोमा १५ करोड ५१ लाख ४३ हजार नौं सय पाँच रुपैयाँ घोटाला गरेका थिए । 

पक्राउ परेका उनीहरुलाई उच्च अदालत विराटनगरमा सात दिनको म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिक अनुसन्धान भइरहेको छ ।  

पक्राउ पर्नेमा धरान नगरपालिका–४ का ज्ञानेन्द्र पुरकटी, धरान कै सन्जित रसाइली, इटहरीका माधव रिसाल, धरानका सन्तोष रसाइली, सुनिल विक, सनुसरीको प्रकाशपुरका लालबहादुर विक छन् । 

त्यस्तै नेपाल बैंक लिमिटेडको धरान शाखाका तत्कालीन खचान्जी होमबहादुर भट्टराई, सहायक शाखा प्रबन्धक राम किशोर मेहता र शंकर न्यौपाने, धरान शखामै कार्यरत सानुबाबु श्रेष्ठ र विराटनगर शाखाका प्रबन्धक पुष्पराज घिमिरे छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood