1478958692 banner ad format

 
 

काठमाडाैं  । निर्वाचन सुरक्षाका लागि काँकडभिट्टास्थित पूर्वीनाकासहित जिल्लाका सबै नाका सिल गरिएको छ । काँकडभिट्टा नाकामा बाँस राखेर सोमबार बेलुका ६ बजेबाट पूर्ण रूपमा सिल गरिएको हो ।

Nepal India boarder Seal

काकँडभिट्टासहित दक्षिण–पूर्वी नाका भद्रपुर तथा अन्य छोटी नाका सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नाका ७२ घण्टासम्म सिल हुने बताइएको छ ।

बिहीबार बेलुकी ६ बजेसम्म सवारीसाधन तथा सर्वसाधारण आवत–जावत गर्न पाउने छैनन् । अति आकस्मिक तथा संवेदनशीलता हेरेर प्रहरी र प्रशासनसँगको समन्वयमा आवतजावत गर्न दिइने बताइएको छ ।

बोर्डर सिल गरिए पनि भारतबाट नेपालतर्फ आउनेलाई भने रोकिएको छैन । उनीहरूलाई आवश्यक कागजात हेरेर प्रवेश गराइएको प्रहरीले जनाएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रकासित मिति

Loading...

 

yummyfood