annapurna add

sdbewsकाठमाडौं । बहुविवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई संसदबाट पास गर्न टुप्पी कसेर लाग्नेहरुविरुद्ध सडकमा उत्रनु पर्ने वक्ताहरुले बताएका छन् ।

सोमबार राजधानीको संवाद डबलीले गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले कालापानी क्षेत्रको नक्साको कुरा र लकडाउनको समयमा राष्ट्रघाती एमसीसी पास नगर्न चेतावनी समेत दिएका छन् ।

सत्तारुढ (नेकपा)का युवा नेता प्रकाश रोकायाले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालमा समेट्ने कागजी राष्ट्रवादको हौवा पिटाएर राष्ट्रघाती एमसीसी परियोजनाका विरोधीहरुलाई मत्थर बनाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

रोकायाले एमसीसी इण्डोप्यासिफीक सैन्य रणनीति साझेदारीको अंग भएको अमेरीकी राजदूतावासले भनिसकेको अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्ष नेपाली काँग्रेस यस सम्झौताको पक्षमा लाग्नु अस्वभाविक नभएपनि बताउँदै एमसीसी मामलामा दुर्भाग्य भएको बताए ।

“ओलीजीको महाकाली सम्झौता र नेपाली काँग्रेसको हरेक राष्ट्रहित विपरित कार्यले यिनीहरु सनातन राष्ट्रघाती शक्तिहुन् भन्ने पुष्टि भएको छ, यिनीहरुलाई जे मन लाग्यो त्यही गर्न दिनुहुन्न, ओली कमरेडले महाकाली सन्धिको जनता होइनन् बझ्‍नु पर्छ ” रोकायाले भने ।

उनले एमसीसीको पक्षमा लाग्ने ओली र देउवालाई नेपाली जनताले नछाड्ने चेतावनी दिए ।

रोकायाले वर्तमान सरकारले लकडाउनलाई निश्चित गुटको तथा व्यक्तिगत स्वार्थपूर्ति र विशेष गरेर नीतिगत भ्रष्टाचार तथा राष्ट्रघातका निम्ति प्रयोग गरिएको समेत आरोप लगाए ।

पछिल्लो समय नेपाली नागरिक तथा बलिउड अभिनेतृ मनिषा कोइरालाले नेपालको पक्षमा बोलेको भएपनि त्यसलाई एकोहोरो राष्ट्रवादी धारणाका रुपमा मात्र नबुझ्न भन्दै अगाडि भन्छन्,“मनिषाजीलाई भारतले नेपाली राजनीतिमा बलियो पिलरकोरुपमा स्थापित गर्ने गोटीकारुपमा अगाडि सारेको पनि हुनसक्छ ।”

त्यसैगरी राष्ट्रवादी वैकल्पिक गठबन्धनका संयोजक गोरख बिसीले चीन तथा भारत दुबै देशले नेपाललाई सक्दो हेप्ने र चेप्ने-पेल्ने गरेको आरोप लगाएका छन् ।

कैलाश-मानसरोबर नेपालकै भएको तर अहिले चीनमा हुनु, सगरमाथालाई पनि आधा आफ्नो भन्नु, २०७२ सालमा नेपाललाई नसोधी लिपुलेकमा आफ्नो स्वार्थअनुसार सम्झौता गर्नुले चीनसँग पनि सतर्क हुनु पर्ने बेला आएको धारणा राखे ।

कार्यक्रममा बोल्दै बिसीले भारत नेपालको सनातन दुश्मन देश भए पनि चीनका यस्ता गतिविधीले नेपालीलाई झस्काएको बताउँदै बिसीले भने,“खासमा यिनीहरु ठूला छिमेकीले नेपाललाई मुखले असल ब्यवहार गरेपनि नेपाललाई पेल्ने काम गरेका छन्, बस आफ्ना देशका पर्खालकारुपमा मात्रै प्रयोग गरेका छन् ।”

यदि चीन नेपालको साँच्चिकै हितैसी छिमेकी राष्ट्र हो भने उसले लिपुलेकको विषयमा सहज भूमिका खेल्न सक्नुपर्छ, सगरमाथाका विषयमा विवादित कुरा गर्नु नहुने बिसीले बताए ।

त्यसैगरी राष्ट्रिय मुक्ति आन्दोलन नेपालका सचिवालय सदस्य लक्ष्मिदत्त भट्टले अहिले कालापानी क्षेत्रको मात्रै कुरा नभएर नेपालका ७१ भन्दा बढी ठाउँमा भारतले मिचेको विषय पनि उठाउनु पर्नेमा जोड दिए ।

भट्टले विश्वका अति कम पुराना र कसैले पनि उपनिवेश नबनाएका देशहरुमध्ये नेपाल पनि एक भएको बताउँदै नेपाली जनताको एकता‍सँग कसैले केही गर्न नसक्ने बताए ।

भट्टले वर्तमान अवस्थामा खुम्चिएको सानो नेपाल भनेर ठूला देशहरुले हेप्ने गरेको तर नेपालमा असल,कुशल र देशभक्त शासक जन्मिएको दिन नेपाल पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्मको विशाल नेपाल फर्किने धारणा राखे ।

वर्तमान सरकार प्रमुख केपी ओली राष्ट्रभक्तिाभले ओतप्रोत भएर कालापानी क्षेत्रलाई नेपाली नक्सामा समेटेको नभएर त्यो भन्दा ठूलो एमसीसी राष्ट्रघाति परियोजना पास गर्न लिपुलेक कागजी नक्साको तुरुप फ्याकीएको आरोप लगाए ।

अब पनि भारतले नेपाललाई हेप्ने हो भने गोर्खा रेजिमेन्टमा रहेका भारतिय सैनिक तथा गोर्खाल्याण्डका नेपालीले विद्रोह गरेर भारत १०औं टुक्रामा विभाजित हुने बताए ।

त्यसैगरी बहिर्गमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष के.पी रम्तेलले राष्ट्रघाती एमसीसी पास गरेर देश र जनताप्रति गद्दार गर्ने नेताहरुलाई नछाड्ने चेतावनी दिए ।

रम्तेलले कालापानी क्षेत्रलाई नेपाली भूमीमा समेटेको नक्सा सार्वजनिक गर्ने हिम्मत गर्ने सरकारलाईश धन्यवाद पनि दिए, आफूहरुलाई त्यो भूमि नेपालमा फर्कन्छ भन्ने आशा कम भएपनि यो मात्रै नभएर ग्रेटर नेपाल पनि नेपालले पाउने कानूनी आधार प्रशस्त भएकोले त्यसको पहिलो खुट्किलोकोरुपमा नक्सा भएको धारणा राखे ।

उनले एमसीसी संसदबाट पास गरिए आफूहरु लकडाउन तोडेर सकडमा निस्कन बाध्य हुने चेतावनी समेत दिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर