1478958692 banner ad format

 
 

काठमाडौँ - नेपाल प्रहरीले ३३ किलो सुन प्रकरणका मुख्य नायिकेलाई पक्राउ गर्न सफल भएको छ । नेपाल प्रहरीको ईन्टरपोल महाशाखाले दुवई प्रहरीसँगको समन्वयमा ३३ किलो सुनका मूख्य अरोपी राजनप्रसाद पन्थलाई आज नेपाल ल्याएको हो ।

Nepal Police Arrest Rajan Prasad Pantha

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले गत पुस २१ गते बिमानस्थलबाट बाहिरिएको ३३ किलो ५७७.४० ग्राम सुन प्रक्राउ गरेको थियो। उनले नै दुबईबाट ति सुन नेपाल पठाएका थिए । 

पछिल्ले समय युएइबाट नेपाल आउनेलाई सुन पठाउने गिरोह नै सक्रिय रहेको प्रहरीले दाबी गरेको छ। सुन बोकाएर पठाउने, भरियाको फोटो खिचेर नेपालस्थित एजेन्ट पठाउने र नेपालस्थित एजेन्ट विमानस्थलमा पुगेर सुन लिने गरेको प्रहरीले बताएको छ। 

 पन्त नेपाल आउन लागेको अवस्थामा आबुधाबी प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो ।  उनलाई अदालतमा हाजिर गराउने तयारी गरिएको छ  ।

प्रकासित मिति

Loading...

 

yummyfood