काठमाडाैं । गोली हान्न आएको आशंकामा प्रहरीले काठमाडौंबाट दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।

Nepal Police arrsted Sharp shooter

आतंकवादसम्बन्धी घटनाको अनुसन्धान गर्ने नेपाल प्रहरीको विशेष ब्युरो (एसबी)ले शनिबार दिउँसो जोरपाटी नारायणटारबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रक्सौलका दीपककुमार श्रीवास्तव र रञ्जनकुमार यादव छन् । उनीहरूलाई सार्वजनिक अपराध मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद लिई प्रहरीले अनुसन्धान अघि बढाइएको छ ।

सुटर भएको आशंका

पक्राउ परेका दुवै नारायणटारमा गार्मेन्टसम्बन्धी व्यवसाय गर्ने लाल महम्मद सुरको कारखानामा जबर्जस्ती छिरेका थिए । कारखानामा गएर आफूलाई उनीहरूले मार्ने धम्की दिएको सुरले बताएका छन् । उनले प्रहरीमा जाहेरीसमेत दिएका छन् । सर्लाही घर भएका सुरले उनीहरूले हत्या गर्न खोजेको भन्दै आइतबार महानगरीय प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका हुन् ।

विशेष ब्युरो घटनास्थलमा

स्थानीय प्रहरीलाई थाहा नहुनु, तर उनीहरूलाई विशेष ब्युरोले पक्राउ गर्नु रहस्यमय रहेको प्रहरी अधिकारीहरू बताउँछन् । स्रोतका अनुसार पक्राउ परेका दुवैजना सुटर हुन् । सुरलाई गोली हान्न निगरानीका लागि आएको प्रहरी स्रोतको दाबी छ । विशेष ब्युरोका प्रमुख डिआइजी हेमन्त पालले दुई भारतीय युवकलाई आफूहरूले पक्राउ गरेको स्विकारे, तर थप विवरण दिन मानेनन् । पक्राउ परेकालाई बौद्ध वृत्तमा बुझाइएको उनको भनाइ छ । सुरुमै विशेष ब्युरोले थाहा पाउनुमा भारतीयबारे पहिले नै जानकारी भएको हुन सक्ने आशंका गरिएको छ । ब्युरोले भारतको पक्षमा काम गर्दै आएको आरोप लाग्दै आएको छ ।

को हुन् सुर ?

करिब ४५ वर्षीय सुरको नारायणटारमा झोला बनाउने उद्योग छ । उनको केही अन्तर्राष्ट्रिय समूहस“ग सम्बन्ध रहेको आशंकामा भारतीय नागरिक निगरानीमा आएको प्रहरी आशंका छ । पक्राउ परेका दुई युवकले एक बच्चा हराएको र उसलाई खोज्न आफूहरू त्यहाँ गएको दाबी गरेका छन् । पक्राउ परेकालाई छाड्न दबाब आएपछि प्रहरीले गोप्य रूपमा सार्वजनिक मुद्दा चलाएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर