tealaya add

kutai

काठमाडौ। प्रहरिको कुटाइ बाट एक युवक गम्भिर घाईते भएका छन् ।कालिकोट जिल्लाको पचलझरना गाउँपालिकाको ईलाका प्रहरी कार्यालय जारकोटमा कायरत प्रहरीको कुटाइबाट पचालझरना गाउँपालिका वडा नम्बर ९ का १९ वर्षिय पंख तिरुवा गम्भिर घाइते भएका हुन् ।

जय टमटा र गगन तिरुवा बिच यहि साउन ८ गते भएको सामान्य झगडाको बिषयलाई लिएर युवक तिरुवा माथि प्रहरीले कुटपिट गरेको हो ।'काठमाडौं बाट पायल्सको सल्यक्रिया गरि आएको छु म बिरामी छु 'भन्दा भन्दै प्रहरीले नाटक गरेको भन्दै यातना दिएको गुनासो गरेका छन् ।उनि संगै अन्य १० जना युबक माथि पनि प्रहरीले अमानविय ब्यबाहार गरेको परिवारले जनाएका छन् । हाल उनको स्वास्थ्य चौकि जारकोटमा उपचार भइरहेको छ ।

यता ईलाका प्रहरी कार्यालय जारकोटका हवल्दार मनोज शाहीलाई बुझ्दा प्रहरिले यातना नदिएको दाबि गरेका छन् । पिडित परिवारले भने दोषी माथि कारवाही र घाइतेको निःशुल्क उपचारको माग गरेका छन ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...