1478958692 banner ad format

 
 

कैलाली । कैलारी गाउँपालिका–३ भितारियामा मोटरसाइकल दुर्घटनामा परी नेपाली कांग्रेसका जिल्लास्तरीय नेताको मृत्यु भएको छ । 


धनगढीबाट हसुलिया फर्कँदै गरेका ४५ वर्षीय राजेश चौधरीले चलाइरहेको से १ प ६०० नंको मोटरसाइकलले साइकलमा सवार ३१ वर्षीय सम्झना चौधरीलाई ठक्कर दिएपछि अनियन्त्रित भई मोटरसाइकल लड्न पुग्दा राजेश घाइते भएकामा उपचारका लागि भारत लैजाने क्रममा गए राति बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख नायब उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिए | 

ठक्करबाट घाइते भएकी साइकल चालक सम्झनाको अवस्था सामान्य रहेको र सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood