1478958692 banner ad format

 
 

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारी गर्न आज प्रदेश नम्बर २ को भेला बोलाएको छ ।

Nepali Congress Region No. 2

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित पार्टीका नेता एवम् केन्द्रीय पदाधिकारीको उपस्थितिमा दुई दम्बर प्रदेशको भेला हुन लागेको हो ।

भेलामा प्रदेश नम्बर २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति र संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्षतर्फका उम्मेदवारका प्रत्यासी सहभागी हुने कांग्रेसले जनाएको छ ।

भेलामा असोज २ गते हुने निर्वाचनको तयारी, पार्टीको संगठनात्मक अवस्था, सम्भावित उम्मेदवारलगायतका विषयमा छलफल हुने बताइएको छ ।

यसैबीच प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाले यही साउन ९ गते पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका छन् ।

स्थानीय तहको चुनावको समीक्षा र सरकारका गतिविधिबारे छलफल गर्न सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।

प्रकासित मिति

Loading...

 

yummyfood