दार्चुला । महाकाली नगरपालिका–१ मा नेपाली कांग्रेसको पूरै समूह विजयी भएको छ ।

Nepali Congress won

महाकाली–१ को वडाध्यक्षमा कल्यानसिंह कुँवर ५७३ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका कुन्दनसिंह कुँवरले ५३१ मत प्राप्त गरे ।

महिला वडा सदस्यमा नारा कार्की, दलित सदस्यमा मीना भुल तथा खुला सदस्यमा कम्मानसिंह कुँवर र महेशसिंह कुँवर विजयी भए । सो वडामा कुल एक हजार १८८ जनाले मतदान गरेका थिए ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी आनसिंह डाँगाकाअनुसार महाकाली नगरप्रमुखमा कांग्रेसका हंशराज भट्टले ५८८ मत, नेकपा एमालेका नरसिंह चैंसिरले ५१४ तथा माओवादी केन्द्रका खड्कसिंह धामीले ५२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा कांग्रेसकी सुनिता बोहराले ५५८, एमालेकी दुर्गा धामीले ५१७ तथा माओवादी केन्द्रकी सुमित्रादेवी कुँवरले ७३ मत प्राप्त गरेका छन् । अहिले महकाली–२ को मतगणना भइरहेको छ |

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर