1478958692 banner ad format

 
 

रामपुर (पाल्पा) । निस्दी गाउँपालिका–१ र ७ मा नेपाली काँग्रेसको पूरै प्यानल विजयी भएको छ । नेपाली काँग्रेस वडा नं १ मा नेकाका अध्यक्ष पदका उम्मेदवार पूर्णबहादुर खाँण सहितको पूरै प्यानल निर्वाचित भएको हो । निर्वाचित खाँणले ६६८ मत ल्याए भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का टुकबहादुर सोतीले ४९३ मत ल्याए  । 

Nepali Congress won

यस्तै, वडा नं ७ मा नेकाकै गगन सिं सोतीको पूरै प्यानल नै विजयी भएको छ । सोतीले ६७५ मत ल्याउएका छन भने प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्षका उम्मेदवार भीमबहादुर थापाले ५९३ मत ल्याएएका छन् । 

रामपुर नपा–१ मा एमाले 

यसैगरी, पाल्पाको रामपुर नगरपालिका–१ मा नेकपा (एमाले)को प्यानलै विजयी भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच भएको गठबन्धनबाट नेकपा (एमाले)का वडाध्यक्ष पदका उम्मेदवार मित्रलाल कँडेलले ७८५ मत ल्याई उहाँको पूरै प्यानल नै विजयी भएको छ । 

उनका प्रतिस्पर्धी नेकाका कपिलबहादुर खाँणले ६२६ मत ल्याउनुभएको छ । अहिले रामपुर नगरपालिका–१० को मतगणना कार्य भइरहेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood