1478958692 banner ad format

 
 

काठमाडौं। झन्डै ५० लाख नेपालीले यन्त्रले पढ्ने राहदानी (एमआरपी) लिएका छन् ।

nepali passport mrp

बितेका साढे ६ वर्षमा नेपालीका हातमा राहदानी पुगेका हुन् । सरकारले २०६७ साल पुस ११ गतेदेखि एमआरपी जारी गर्न थालेको हो ।

राहदानी विभागकाअनुसार गत जेठ १७ गतेसम्ममा ४८ लाख ४७ हजार ४९९ साधारण, तीन हजार ४९७ कूटनीतिक र १३ हजार ४२३ ‘अफिसिएल’ एमआरपी जारी भइसकेका छन् भने एक हजार ३०८ जनाले यात्रा अनुमति लिएका छन् ।

विभागले राहदानीबाट रु १९ अर्ब २६ करोड ७४ लाख ७८ हजार ३०० राजस्व संकलन गरेको छ ।

उक्त रकम विदेशस्थित नेपाली नियोग र जिल्ला प्रशासन कार्यालयबाट जारी भएका राहदानीको राजस्वमा समावेश नभएको विभागले जनाएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood