annapurna add

काठमाडाैँ । वान स्टप सेन्टरका सञ्चालक राम श्रेष्ठले मलेसिया जाने नेपाली युवाको पसिना चुस्न तत्कालीन उपप्रधान तथा गृहमन्त्रीलाई मात्रै ५ करोड घुस खुवाएको खुलासा भएको छ । तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसिया जाने नेपाली कामदारबाट अवैध शुल्क असुल गरेको भन्दै वान स्टप सेन्टर अर्थात् ओएससी खारेज गरेर तीनका सञ्चालकलाई जेल हालेका थिए ।

Nepali youth going to Malaysia

नेपालमा ओएससी स्थापना गर्ने समयमा ओएससीका सञ्चालक श्रेष्ठ लगायतले मलेसिया तत्कालीन उपप्रधान तथा गृहमन्त्रीलाई ५ करोड नेपाली रुपैयाँ घुस दिएको अदालतमा बयान दिएका छन । क्वालालुम्पुरस्थित उच्च अदालतमा मंसिर ११ गते बुधबार बयान दिने क्रममा मलेसियास्थित प्रोफाउण्ड रेडियन्स एसडीएन बिएचडीका निर्देशक अजलान साह जफ्रिलले नेपाल र पाकिस्तानमा वान स्टप सेण्टर स्थापना गर्नका लागि तत्कालीन गृहमन्त्री अहमद जाहिद हमिदीलाई २० लाख मलेसियन रिङ्गिट घुस दिएको जानकारी गराएका छन । उनले पूर्व उपप्रधान तथा गृहमन्त्रीलाई एकमुष्ठ घुस दिनेबाहेक तपाह भन्ने स्थानको मस्जिदको लागि मासिक २१ हजार मलेसियन रिङ्गिट घुस दिनुपरेको बयान दिएका छन् ।

प्रोफाउण्ड रेडियन्स एसडीएन बिएचडी नामक कम्पनीले पासपोर्ट संकलन गरी दूतावाससम्म पुर्याउने कामका लागि वान स्टप सेण्टर अर्थात् ओएससी नामक सिस्टम खडा गरेको थियो । ओएससीमार्फत् नै संकलित पासपोर्ट दूतावाससम्म पुराउने काम गरिन्थ्यो । तत्कालीन मन्त्री विष्टले ओएससीले नेपाली युवाहरुबाट अर्बौ रुपैयाँको ठगी गरेको भन्दै त्यसका सञ्चालक राम श्रेष्ठविरुद्ध ठगीको उजुरीमा हिरासतसम्म पुराए तर पछि विचाैलियाले उनलाइ अदालतको माध्यमबाट सफाइ दिलाए ।

stha

मलेसियामा आप्रवासी कामदार भित्राउने क्रममा विभिन्न संस्था खडा गर्न लगाएर भ्रष्टाचार गरेको भन्दै मलेसिया पूर्व उपप्रधान तथा गृहमन्त्री अहमद जाहिद हमिदीबिरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । क्वालालाम्पुरको उच्च अदालतमा उनीविरुद्ध सुनुवाई भइरहेको छ । नेपालले मलेसियामा कामदार पठाउने प्रक्रिया नै रोकी भ्रष्टाचार र ठगीबारे अनुसन्धान थालेपछि मलेसियाले पनि माइग्राम्स, बायोमेट्रिक, ओएससी, आइएससी र भिएलएन सञ्चालनका सम्बन्धमा छानबिन थाली अनुसन्धान सुरु गरेको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...