parliament

प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेपालसँग सहमति गर्ने भएका छन् । सरकारमा सहभागी हुनसमेत प्रधानमन्त्री ओलीले राजपालाई अफर गरेको स्रोतको दाबी छ ।

तर, राजपा भने अहिले नै सरकारमा सहभागी हुने पक्षमा छैन् । नेकपा अध्यक्षद्धय ओली र पुष्पकमल दाहालले यो बीचमा राजपालाई सरकारमा सहभागी गराउनेबारे लामो छलफल गरेका छन् ।

अध्यक्षद्धय ओली र दाहालले राजपा नेपालका अध्यक्ष मण्डलका संयोजकसमेत भइसकेका नेता महन्थ ठाकुरलाई संघीय संसदको सभामुख बनाउनेसमेत तयारी गरेको बुझिएको छ ।

उता, राजपाले पनि सभामुख आफ्नो पार्टीले पाए नेकपासँग सहमति गर्ने योजना बनाएको एक नेताले जानकारी दिए । अहिले प्रतिनिधिसभाको सभामुख पद रिक्त छ ।

तत्कालिन सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा मुछिएपछि उक्त पद रिक्त रहेको र मन्त्रि बन्नको लागि उपसभामुखबाट राजिनामा गर्न शिवमायाले इन्कार गरेपछि ठाकुरको सम्भावना बढेर गएको हो, यता उपेन्द्र यादवले पनि सरकार छाड्ने संकेत गरिसकेका छन् !

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...