b kantipath

नयाँ शक्ति नेपालका संयोजक तथा पुर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले विप्लवप्रतिि सरकारले अन्यायपूर्ण व्यवहार गरेको बताएका छन्। शनिवार गृहजिल्ला गोरखा पुगेका डाक्टर भट्टराईले सिके रेशम चौधरी र विप्लवसगंको व्यवहार समान र राजनीतिकपुर्ण गर्न सरकार सग माग गरेका छन्।

उनले विप्लव बिरुद्ध अनावश्यक सरकार दमनमा उत्रेको भन्दै राजनीतिक मागहरुप्रति गंभिर हुन आग्रह समेत गरेका छन्।

गोरखाका पत्रकारसँग भट्टराईले देश विखण्डनको माग गर्ने सिके राउतसँग सम्झौता गर्ने तर निर्वाचित जनप्रतिनिधि र राजनीतिक एजेन्डासहित आन्दोलनरत विप्लवप्रति आक्रामक हुनु अशोभनीय हुने तर्क गरे।

‘देशलाई नै विखण्डन गर्छु भन्नेसँग बडो उदार भएर सम्झौता गर्ने तर थारु समुदायको मागसहित आन्दोलन गरेका र कैलाली १ बाट निर्वाचित समेत भएका रेशम चौधरीलाई न्यायपालिकासँग सेटिङ मिलाएर जेल हाल्नु शोभनीय भएन’, भट्टराईले भने, ‘राजनीतिक एजेन्डा लिएर आन्दोलित विप्लव नेतृत्वको नेकपालाई नाम नै फेरेर लुटेरा पार्टी भनेर प्रधानमन्त्रीजीले जुन अराजनीतिक भाषामा सम्बोधन गर्नुभयो, त्यो गर्नु हुँदैनथ्यो, बेठिक भयो चनेका छन्।

पछिल्लो समय सरकार विप्लव बिरुद्ध निर्मम दमन तथा धर्पकडमा उत्रियको छ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...