annapurna add

महेन्द्रनगरको इन्टरनेशनल पब्लिक स्कुलकी छात्रा निभा कुँवरलाई मेजरको दज्र्यानी चिन्ह प्रदान गरिएको छ । नेपाली सेनाद्वारा संचालन गरिएको एनसीसी तालिममा ईन्टरनेशनलकी छात्रा निभा उत्कृष्ठ भएकी थिईन् ।

 Nibha Kunwarउनलाई उत्कृष्ठ क्याडेट र कवाजमा मेजरको दज्र्यानी चिन्ह प्रदान गरिएको छ । सरकारले सेना मार्फत संचालन गरेको सय दिने तालिममा सुदूरपश्चिम र प्रदेश ५ का १६ विद्यालयका ५६३विद्यार्थी सहभागि भएका थिए ।

उनीहरुलाई उचिन्दै निभा उत्कृष्ठ भईन् । पश्चिम तालिम शिक्षालय बाँकेमा दक्षित समारोहमा निभालाई उक्त दज्र्यानी चिन्ह प्रदान गरिएको विद्यालयले जनाएको छ । निभालाई उपरथी सिताराम खडकाले चिन्ह प्रदान गरेका थिए ।

ईन्टरनेशनल विद्यालयका बोर्ड सदस्य गौराज बहादुर लिम्बुले निभा उत्कृष्ठ भएको बताए । उनका अनुसार यस अघिको एनसीसी तालिममा छात्रा अरुण बम उत्कृष्ठ भएकी थिईन् । उनलाई उत्कृष्ठ क्याडेट भई सिङगापुर घुमाईएको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर