1478958692 banner ad format

 
 

काठमाडौ- भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ।

Nirab gyawali

नेकपा माओवादी केन्द्रको तर्फबाट सोही महानगरपालिकाकी मेयरकी उम्मेदवार रेणु दाहाललाई सामाजिक सञ्जालमा गाली बेइजति गरेको आरोपमा निरबलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निरवलाई साइबर अपराध अन्तर्गत पक्राउ गरिएको हो।


महानगरीय प्रहरी अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनको पत्रका आधारमा निरवलाई पुतली सडकबाट पक्राउ गरिएको हो ।


निरवले गाली बेइजति गरेपछि रेणुका श्रीमान अनिलकुमार पाठकले चितवन प्रहरीलाई दिएको उजुरीका आधारमा काठमाडौमा पक्राउ गरिएको हो ।

जेठ १४ गत राती मतपत्र च्यातिएपछि निरवले रेणुलाई गाली गरेर सामाजिक सञ्जालमा लेखेका थिए । 

प्रकासित मिति

Loading...

 

yummyfood