काठमाडौं- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आफ्नै सुविधासम्पन्न भवनमा सचिवालय सञ्चालन गर्ने भएको छ ।
 
बालुवाटारमा निर्माण गरिएको सुविधासम्पन्न भवनको एनआरएन दिवसका अवसरमा बिहीबार उद्घाटन गरिएको हो । तत्कालका लागि सचिवालय सञ्चालन गर्नेगरी भवन सञ्चालनमा ल्याइए पनि निकट भविष्यमै भवनको औपचारिक उद्घाटन गरिने एनआरएनले जनाएको छ ।
 
तीन रोपनी क्षेत्रफलमा करिव २४ करोडको लागतको निर्माणमा पाँच तले सुविधा सम्पन्न भवन निर्माण गरिएको हो । एनआरएनका तत्कालीन अध्यक्ष डा शेष घले र वर्तमान अध्यक्ष भवन भट्टलगायतको सक्रियतामा भवन निर्माणले मूर्तरुप लिएको एनआरएन उपाध्यक्ष एवं भवन निर्माण समितिका संयोजक कुमार पन्तले जानकारी दिए ।
एनआरएनको आफ्नै भवनमा बस्ने १५ वर्षदेखिको सपना पूरा भएको भन्दै उनले सन् २००३ मा एनआरएन स्थापना भएदेखि नै आफ्नै भवन बनाउने अभियानले सार्थकता पाएको उल्लेख गरे ।
 
भवनमा सुविधासम्पन्न सभाहल, पुस्तकालय तथा एनआरएन प्रदेश कार्यालयको सचिवालय राख्ने योजना छ । अध्यक्ष भट्ट, संरक्षकहरु डा उपेन्द्र महतो, डा घले र जीवा लामिछानेले भवनको सचिवालय उद्घाटन गरी एनआरएनको झण्डोत्तोलन गरेका थिए ।
अर्का संरक्षक डा घलेले भवनलाई भवनको रूपमा सदुपयोग गर्दै एनआरएन ज्ञान र सीप आदनप्रदान तथा देशको आर्थिक विकासमा लगानी प्रवद्र्धन गर्न भवन उपयोगी बन्ने धारणा राखे ।
 
संरक्षक लामिछानेले लामो समयको प्रयासपछि आफ्नै भवनमा सर्न पाउनु गौरवको कुरा भएको बताए । विश्वका ७९ मुलुकमा फैलिएको एनआरएनमा ७० हजार भन्दा बढी सदस्य छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...